टम्बो मोबाईल नेपाली बजारमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

टम्बो मोबाईल नेपाली बजारमा



काठमाडौं । नयाँ मोबाईल फोन ब्रान्ड टम्बो मोबाईल नेपाली बजारमा भित्रिएको छ । भारतीय मोबाइल ब्राण्ड टम्बोले सोमबार एक कार्यक्रमका बीच नेपाली बजारमा पहिलोचोटी आफ्ना फोनहरु भित्र्याएको हो ।

टम्बो मोबाइल नेपाली बजारमा शंकराचार्य मोबाइल प्रालिले आधिकारिकरुपमा आयात तथा बिक्री गर्नेछ । कम्पनीले पहिलो चरणमा सिमित मोडलका स्मार्टफोन र फीचर फोनहरु बजारमा ल्याएको छ । जसमा ६ मोडलका बार फोनहरु र २ मोडलका स्मार्टफोनहरु रहेका छन । कम्पनीले सोमबार स्मार्टफोनमा टिए २ र टिए ३ नामका दुई फोन सार्वजनिक गरेको हो ।

उक्त ब्राण्डका फीचर फोनहरु १ हजार रुपैयाँ माथिबाट बजारमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीले उक्त ब्रान्डका सबै मोडलका फोनहरुमा २ सय दिनसम्मको रिप्लेसमेन्ट वारेन्टि र ३ सय ६५ दिनको स्क्रीन रिप्लेसमेन्ट अफर दिने कम्पनीका प्रमुख कार्यकारी सुधिर कुमारले जानकारी दिए । यसका साथै उनले भने, ‘नेपालमा टम्बो मोबाइलका फोनहरु ल्याउन पाउँदा हामी अत्यन्त हर्षित भएका छौं, नेपाली उपभोक्ताहरुले सस्तो मूल्यमा गुणस्तरीय फोनहरु खरिद गर्न पाउनेछन् ।’ टम्बो यसका साथै उक्त स्मार्टफोनहरुमो फेस रिकोग्निसन, फिंगरप्रिन्ट सेन्सरलगायतका फीचरहरु राखिएका छन् ।

यी फोनहरुमा फोरजी भिओएलटिई सपोर्ट छ भने वाईफाई, ब्लूटूथ, जीपीएस, हेडफोन ज्याकलगायतका फीचर रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित : २१ श्रावण २०७५, सोमबार १७:०२