अर्घाखाँचीको माइस्चर प्रुफ बजारमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अर्घाखाँचीको माइस्चर प्रुफ बजारमा



काठमाडौं २२ चैत । अर्घाखाँची सिमेन्टले नयाँ मोइस्चर प्रुफ प्याकेजिंगमा अर्घाखाँची एमपी ओपीसी सिमेन्ट बजारमा ल्याएको छ । सिमेन्टको मोइस्चर प्रुफ प्याकेजिङले गर्दा ओस तथा साधारण पानीले असर नगर्ने र सिमेन्टको धुलो बाहिर ननिस्कने हुनाले निर्माणकर्मी एवं उपभोक्तालाई भण्डारण र प्रयोग गर्नका लागि सहज हुनेछ । धुलो रहित हुने भएकाले लोड अनलोड र निर्माणमा क्षेत्रको कामदारको स्वास्थ्यमा असर नपर्ने कम्पनदीको दावी छ ।

कम्पनीले एक कार्यक्रमबीच उक्त प्याकेजिङको सिमेन्ट बजारमा सार्वजनिक गरेको हो । हामीले सिमेन्टको गुणस्तर र तौलमा कुनै पनि कमी नगर्ने र ओसबाट सिमेन्ट सुरक्षित होस् भन्ने उद्देश्यले यस्तो किसिमको प्याकेजिङ् भित्र्याएका कम्पनीका निर्देशक तथा नेपाल उद्योग वाणिज्य महासंघमा अध्यक्ष पशुपति मुरारकाले बताए । ‘यो प्याकेजिङ् नेपालमै पहिलो र एक मात्र हो,’ उनले भने, ‘यसबाट विक्रेता, उपभोक्ता एवं निर्माणकर्मीहरु माझ उच्च स्तरको उत्पादन उपलब्ध गराउने हाम्रो प्रतिबद्धतामा नयाँ उपलब्धि हासिल गर्न हामी सफल भएका छौं ।’ यसले हाम्रो उत्पादन प्रति ग्राहकहरुको विश्वास थप मजबुत हुने विश्वास लिएको समेत उनले जानकारी दिए ।

रुपन्देहीको मैनाहिया गाविसमा स्थित अर्घाखाँची सिमेन्टले हाल १ हजार २ सय मेट्रिकटन क्लिंकर र सिमेन्ट उत्पादन गरिरहेको छ । कम्पनीले नेपालको निर्माण जगतलाई अझ सुदृढ बनाउनका लागि आधुनिक प्रविधिको प्रयोगद्वारा उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्ने लक्ष्यको साथ आगामी २०७४ मंसिरसम्ममा आफ्नो उत्पादन क्षमता वृद्धिगरि प्रतिदिन साठी हजार बोरा ओपीसी सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित : २२ चैत्र २०७३, मंगलवार ०९:०१