२ करोड किसानको ऋण मिनाहा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

२ करोड किसानको ऋण मिनाहा



काठमाडौ २३ चैत ।भारतको उत्तरप्रदेश (यूपी)मा योगी आदित्यनाथको सरकारले किसानहरुको ऋण माफी गरिदिने निर्णय गरेको छ । उनी नेपालमा हिन्दू राज्य स्थापना अभियानका एक समर्थक पनि हुन् । भाजपाबाट चुनाव जितेर उनी हालै यूपीका मुख्यमन्त्री भएका हुन् ।

यूपी सरकारको पहिलो क्याबिनेट बैठकले यो निर्णय लिएको हो । बैठकपछि मन्त्री सिद्धार्थनाथ सिंह र श्रीकान्त शर्माले यो निर्णयको घोषणा गरेका थिए ।

सिद्धार्थ नाथ सिंहले भनेका छन्–‘यो निर्णय लघु तथा सीमान्तकृत किसानहरुको बारेमा हो र यो बाली ऋणसँग सम्बन्धित निर्णय हो । उत्तरप्रदेशमा लगभग २ करोड ३० लाख किसान छन् । यसमा २ करोड १५ लाख किसान लघुु तथा सीमान्तकृत छन् । उनीहरुले लिएको ३० हजार ७ सय २९ करोड कर्जा माफी गरिएको छ । यस अन्तर्गत एकलाखसम्म ऋण लिएका किसानहरुको कर्जा माफी गरिएको छ ।’

बाली कर्जा अन्तर्गत यहाँ किसानहरुले बिउबिजन, किटनाशक औषधि र खाद मलका लागि ऋण लिने गरेका थिए । यूपी चुनावको दौरान प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार उत्तरप्रदेशमा आफ्नो दलको सरकार बनेपछि किसानहरुको कर्जा माफी गरिदिने घोषणा गर्ने गरेका थिए । यो भारतीय जनता पार्टीको चुनावी घोषणापत्रको प्रमुख बुँदा थियो ।

यस अलावा त्यस्ता किसानहरुको कर्जा समेत माफी गरिएको छ, जसले ऋण लिंदा राखेको धितो९घरजग्गा० निस्क्रिय कर्जामा गणना भइसकेको थियो । यस्ता किसानहरुको समेत ५ हजार ६ सय ३० हजार करोड ऋण मिनाहा गरिएको छ ।

प्रकाशित : २३ चैत्र २०७३, बुधबार ०७:०१