बैशाख १४मा सूर्या लाइफको साधारण सभा , के के छन प्रस्ताव ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बैशाख १४मा सूर्या लाइफको साधारण सभा , के के छन प्रस्ताव ?



काठमाडौ २३ चैत ।सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बैशाख १४ गते आठौँ वार्षिक साधारणसभा गर्ने भएको छ । उद्योग संगठन मोरङको सभाकक्ष शहिदमार्ग, तीनपैनी विराटनगरमा बिहान ११ बजे सुरु हुने साधारणसभामा कम्पनीले ५५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव अघि सार्दैछ । साथमा कर प्रयोजनका लागि १६ लाख ४४ हजार सात सय ३७ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्दैछ ।

सभामा कम्पनीले बोनस सेयर जारी गरे पश्चात कायम हुने सेयर संरचना बमोजिम जारी तथा चुक्ता पुँजी बृद्धि गर्ने प्रस्ताब पनि लग्दैछ । हाल सूर्या लाइफ इन्स्योरेन्सको चुक्तापुँजी ६२ करोड ५० लाख रुपैयाँ रहेको छ । ०७५ असार मसान्तसम्मका कम्पनीले दुई अर्ब चुक्तापुँजी पुर्याउनुपर्नेछ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले चैत २८ गतेदेखि बैशाख १४ गतेसम्म सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । जसअनुसार, चैत्र २७ गतेसम्म कायम सेयरधनीले मात्रै उक्त साधारणसभामा भाग लिन पाउनेछन् भने प्रस्तावित बोनस सेयर पनि २७ गतेसम्म कायम सेयरधनीले मात्रै पाउनेछन् ।

प्रकाशित : २३ चैत्र २०७३, बुधबार ०९:११