रातमा ६ घण्टासम्म फेसबुक ब्लक गर्ने सरकारी योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

रातमा ६ घण्टासम्म फेसबुक ब्लक गर्ने सरकारी योजना



एजेन्सी । बंगलादेशमा सरकारले एउटा अनौठो तथा कडा कदम चाल्दैछ । सरकारले रातमा ६ घण्टासम्म फेसबुक ब्लक गर्ने योजना बनाएको छ । बंगलादेशी समाचारपत्र डेली स्टारका अनुसार मध्यरातदेखि फेसबुक ६ घण्टासम्म बन्द गरिनेछ । खासगरी युवा तथा विद्यार्थीहरुको हितलाई ध्यानमा राख्दै सरकारले यस्तो कदम चाल्न थालेको बताइएको छ ।

पत्रिकाका अनुसार मन्त्रीपरिषदले टेलिकम मन्त्रालयलाई एक पत्र पठाउँदै यस्तो निर्देशन दिइसकेको छ । मन्त्रालयलाई पठाइएको पत्रमा फेसबुले विद्यार्थीहरुलाई असर पारिरहेको र युवाहरुको कार्यक्षमतामा पनि ह्रास ल्याएको उल्लेख छ । मन्त्रालयले बंगलादेशको टेलिकम नियामक आयोगलाई यस विषयमा आफ्नो राय पेश गर्न निर्देशन दिएको छ ।

टेलिकम महाशाखाका सचिव श्याम सुन्दर सिक्दरले सरकारबाट यस्तो पत्र प्राप्त भैसकेको पुष्टी गर्दै यस्तो निर्णयले व्यवसायिक संचारमा असर पार्ने नपार्ने विषयमा मूल्यांकन गरिने बताए । टेलिकम नियामक आयोगले चाहीँ फेसबुकमा प्रतिबन्ध लगाउन नहुने राय दिनसक्ने बताइएको छ । सोसल नेटवर्क प्रतिबन्धित गर्नुको साटो यस विषयमा अभिभावक र शिक्षण संस्थालाई सहभागी गराउनुपर्ने मत उसको छ ।

भाइबर, ह्वाट्सएप जस्ता अन्य सोसल मिडियाहरु भएका कारणले फेसबुक मात्र बन्द गर्दा त्यो निरर्थक हुने र यसरी बन्दा गर्दा उल्टै फेसबुकमा धेरै भर परेका व्यवसायमा पनि असर पर्नसक्ने आयोगको ठम्याई रहेको पत्रकाले उल्लेख गरेको छ ।

आयोगका अनुसार सरकारले रातिमा फेसबुक बन्द गर्नुको साटो अभिभावकले आफ्ना बच्चाबच्चीलाई फेसबुकबाट टाढा राख्नका लागि प्यारेन्टल कन्ट्रोल सफ्टवेयर, सेक्योरिटी सफ्टवेयर तथा प्राइभेसी फिचरको प्रयोग गर्नु उपयुक्त हुन्छ । बंगलादेशमा सरकारले सोसल मिडियामा अंकुश लगाउने प्रयास गरेको यो पहिलो पटक होइन । सन् २०१२ मा सरकारले २ सय ६० दिनसम्म युट्युब बन्द गराएको थियो । एजेन्सीको सहयोगमा

प्रकाशित : २४ चैत्र २०७३, बिहीबार ०६:२१