हिमालय एयरलाइन्सले वैशाख १५ बाट दुवईको नियमित उडान सुरु गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

हिमालय एयरलाइन्सले वैशाख १५ बाट दुवईको नियमित उडान सुरु गर्ने



काठमाडौं  २४ चैत । हिमालय एअरलाइन्सले आगामी वैशाख १५ देखि काठमाडौं-दुबई-काठमाडौं रुटमा सीधा उडान सुरु गर्ने भएको छ । दोहा, क्वालालम्पुर र याङगुनको नियमित उडानपछि हिमालय दुबईले नयाँ उडान गन्तव्य थपेको छ ।

दैनिक सेवाको सुरुवातसँगै हिमालय एअरलाइन्सले तीन वटा एअरबस ए-३२०-२१४ मध्ये एउटा एअरबस यो मार्गमा सच्चालन गर्नेछ । जसमा ८ वटा विजनेस क्लास र १५० वटा इकोनोमिक्लास नियमित आधारमा विभाजित गरेको छ ।

एअरलाईन्सको उडान काठमाण्डौंबाट हिवान १०ः४० मा हुनेछ र १ः२५ मा द्बईमा अवतरण गर्नेछ । त्यसैगरी दुबईबाट २ः२५ मा उडेको विमान काठमाडौंमा ८ः२० मा अवतरण गर्नेछ । अहिलेसम्म नियमित उडान तालिकाको अभिलेखनुसार एअरलाइन्सको उडान तालिका औसत उचाई माथि छ र त्यही स्तरको विश्वसनीयता र नियमिततालाई निरन्तरता दिने उदेश्य राखिएको कम्पनीले जनाएको छ ।

हिमालय एअरलाईन्सका उपाध्यक्ष विजयश्रेष्ठ भन्छन्-‘दुबई, पर्यटन र व्यापार यात्राको लागि सबैभन्दा रोमान्चक गन्तव्यहरु मध्थे एक हो । हामी हाम्रा यात्रु वर्गहरुलाई प्रतिस्पर्धी विकल्प उपलब्ध गराउने कुरामा गर्वको अनुभुति गर्दछौ । हामी आशावादी छौं, हाम्रो नयाँ उडान क्षेत्रमार्फत नयाँ यात्रुहरु आगमन भई नेपालको अर्थ व्यवस्थामा योगदान पुर्‍याउनुका साथै एकै समयमा दुबै आगमन र बहिगर्मन यात्राको लागि राम्रो बजार हुनेछ ।’

एअरलाइन्सले काठमाडाैं-दुबई-काठमाडाैंको लागि सुरुवाती टिकट दर २४ हजार ८२७  रूपैयाँ (राउण्ड ट्रिप) र दुबई-काठमाण्डौ-दुबईको लागी सुरुवाती टिकट दर ३५० दिहिराम कायम गरेको छ ।

यो दरमा सरकारी कर समावेश गरिएको छैन । एअरलाइन्सले फिस्टेल ट्राभल एउण्ड टुरिजम एलएलसीलार्इ दुबईको लागि जेनरल सेल्स एजेन्ट छनोट गरेको छ । जेनरल सेल्स एजेन्टका रुपमा यसले एअरलाईन्सको बजार विस्तार, रिजर्भेसन र टिकट सेवाको प्रतिनिधित्व गर्नेछ ।

नेपाल-चीन संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्स् तीव्र गतिमा विकास भइरहेको निजी एअरलाइन्स् कम्पनी हो । २०१४ मा स्थापित एअरलाइन्स्ले मे ३१, २०१६ देखि कतारको दोहामा आफ्नो सीधा नियमित उडान सुरु गरेको थियो ।

हाल एअरलाईन्स्ले मलेसियाको क्वालालम्पुर र म्यानमारको याङगुनमा नियमित सीधा उडान गरिरहेको छ । एअरलाइन्ससँग हाल एअरबस ए-३२०-२१४ सिरिजका तीनवटा जहाजहरु छन् ।

प्रकाशित : २४ चैत्र २०७३, बिहीबार १२:५३