साताको अन्तिम दिन सेयर बजार ५.९८ अंकको गिरावट , एक अर्ब ४१ करोडको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

साताको अन्तिम दिन सेयर बजार ५.९८ अंकको गिरावट , एक अर्ब ४१ करोडको कारोबार



काठमाडाै २४ चैत । साताको अन्तिम दिन सेयर बजार ५.९८ अंकको गिरावटसँगै १६५१.०४ अंकमा बन्द भएको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत् र फाइनान्स समूहका सूचक क्रमशः ५.६६, ५१.७२, १५.३८, २०.६४ र १.४५ अंकले घट्दा बीमा १५.९२ अंकले बढेको छ भने उत्पादनमूलक र अन्य समूह स्थिर छन् । दिनभरिमा १४३ वटा कम्पनीको २३ लाख ३७ हजार चार सय १३ कित्ता सेयर नौ हजार ८० पटक खरिदविक्री हुँदा एक अर्ब ४१ करोड २४ लाख ६२ हजार दुई सय ९७ रुपैयाँको कारोबार भएको छ ।

कारोबारका आधारमा विहीबार एनसीसी बैंक अग्रस्थानमा छ, जसको १२ करोड ९३ लाख ३७ हजार छ सय ९७ रुपैयाँको काराबार भएको छ । सूर्या लाइफ इन्स्योरेन्सको आठ करोड, नेपाल बैंकको सात करोड तथा सनराइज बैंक र गुराँस लाइफ इन्स्योरेन्सको छ करोडमाथिको कारोबार हुँदा राष्ट्रिय बीमा कम्पनी प्रोमोटर र लुम्बिनी जनरल इन्स्योरेन्सको चार करोडमाथिको कारोबार भएको छ भने नेशनल इन्स्योरेन्स, एभरेष्ट बैंक, गरिमा विकास बैंक लगायतको तीन करोडमाथिको कारोबार भएको छ ।

बजार घटेपनि नेपाल इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनी (प्रोमोटर) का सेयरधनीले १० प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् भने ग्रीन डेभलपमेन्ट बैंक, गोर्खाज फाइनान्स, सिन्धु विकास बैंक र मेरो माइक्रोफाइनान्सका सेयरधनीले क्रमशः ९.८७, ९.३५, ९.१२ र ९.०६ प्रतिशतका दरले कमाएका छन् । राष्ट्रिय बीमा कम्पनी, एनसीसी बैंक, कर्णाली डेभलपमेन्ट बैंक र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका सेयरधनीले क्रमशः ७.०७, ६.७, ५.८३ र ५.८१ प्रतिशतका दरले कमाएका छन् ।

यता, नेपाल ग्रामीण विकास बैंकका सेयरधनीले १० प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् भने रिडि हाइड्रोपावरका सेयरधनीले ९.२९ प्रतिशतका दरले गुमाएका छन् । जेविल्स फाइनान्स र वेष्टर्न डेभलपमेन्टका सेयरधनीले ७ प्रतिशतभन्दा बढीका दरले गुमाउँदा कालिका माइक्रोक्रेडिट र मिर्मिरे माइक्रोफाइनान्सका सेयरधनीले क्रमशः ६.३५ र ५.४२ प्रतिशतले गुमाएका छन् । ललितपूर फाइनान्स, एनएमबि माइक्रोफाइनान्स, एभरेष्ट बैंक (सीपी), काबेली विकास बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।

प्रकाशित : २४ चैत्र २०७३, बिहीबार १३:२८