नेपाल इन्भेष्टमेण्टलाई एस डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्न बाटो खुल्यो , चुक्ता पूंजी ९.२४ अर्ब पुग्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल इन्भेष्टमेण्टलाई एस डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्न बाटो खुल्यो , चुक्ता पूंजी ९.२४ अर्ब पुग्ने



काठमाडौ २५ चैत । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले एस डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्नको लागि विशेष साधारण सभाको आयोजना गरी  विशेष प्रस्ताव पारित गरेको छ । शुक्रबार आयोजित विशेष साधारण सभामार्फत विशेष प्रस्ताव पारित गरिएको हो ।
हाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पूंजी रु ८.७४ अर्ब र एस डेभलपमेण्ट बैंकको चुक्ता पूंजी रु १.२० अर्ब  भएकोमा एस बैंक प्राप्तिपछि एनआईबिएलको चुक्ता पूंजी रु ९.२४ अर्ब पुग्ने छ ।  एस डेभलपमेण्ट बैंकको प्राप्तिपछि बैंकको कुल निक्षेप १ सय ३४ अर्ब रुपैयाँ पुग्ने छ भने कूल कर्जा १ सय ५ अर्ब  रहने छ । पूजी पर्याप्तता अनुपात १३.९ प्रतिशत पु्ग्ने छ । एस डेभलपमेण्ट बैंकको प्राप्तिपछि बैंकमा संस्थापक पक्षको स्वामित्व ६९ प्रतिशत र सर्वसाधारणको ३१ प्रतिशत रहनेछ ।

एस डेभलपमेण्ट बैंकलाई १ बराबर शुन्य दशमलव ४१ शेयर स्वाप रेसियोमा खरिद गरिने निर्णय भएको छ अर्थात एस डेभलपमेण्ट बैंकको १०० कित्ता शेयर बराबर एनआईबिएलको ४१ कित्ता शेयर प्रदान गरिने छ ।  दुबै बैंकका शाखा तथा एटिएम अहिलेलाई जहाँको त्यही यथावत राखिने छ । हाल इन्भेष्टमेण्ट बैंकको ४७ वटा शाखाहरू छन भने एस डेभलपमेण्ट बैंकको १२ वटा शाखा छन । त्यस्तै एनआईबिएलको ८४ वटा ए.टि.एम. छ भने एस डेभलपमेण्ट बैंकको १२ वटा एटिएम छ ।
एस डेभलपमेण्ट बैकको प्राप्तिपछि पनि एनआईबिएलको हालकै संचालक समिति तथा प्रमुख कार्यकारी अधिकृत कायम रहने छ । पाँच पटकसम्म बैंक अफ द इयर अवार्ड प्राप्त गरेको इन्भेष्टमेण्ट बैंकले एस डेभलपमेण्ट बैंकको प्राप्तिपछि अझ बृहत्तर रुपमा आफ्ना ग्राहक सेवालाई फैलाउदै लैजाने छ ।

प्रकाशित : २५ चैत्र २०७३, शुक्रबार ०७:४५