एलजीको यस्तो छ नयाँ वर्ष योजना  « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एलजीको यस्तो छ नयाँ वर्ष योजना 



काठमाडौं एलजी ब्राण्डले नयाँ वर्ष २०७४ को अवसरमा ‘सेलीब्रेट न्यू इयर लाइक नेभर बिफोर’ भन्ने नाराका साथ नयाँ योजना ल्याएको छ ।

एलजीले हरेक सामग्रीहरुको खरिदमा निःशुल्क उपहारहरु योजना ल्याएको हो । एलजी होम इन्टरटेन्मेन्ट अफर अन्तर्गत एलजी टिभीको खरिदमा दुई वर्ष वारेन्टी  र २० प्रतिशतसम्म छुट दिने जनाएको छ ।

यस्तै ५५ इन्चको एलइडी टिभी तथा ६० इन्च वा सो भन्दा माथीका यूएचडी टिभीको खरिदमा मेघौली सेराइ ताज सफारी लजमा बस्ने अवसर दिने जनाएको छ । जस अन्तर्गत दुई जनाका लागि दुइ रात तीन दिन बस्ने व्यवस्था रहेको छ । साथै २४ इन्च देखि ३२ इन्चसम्म्म एलइडी टिभीको खरिदमा निःशुल्क एलजी गेम रिमोट, ३२ इन्चदेखि ४३ एन्चसम्म्म स्मार्ट एलइडी टिभीको खरिदमा निःशुल्क म्याजिक मोसन रिमोट र एलजी ब्लुटुथ स्पीकर तथा ४३ इन्च, ४९ इन्च र ५५ इन्चको यूएजडी टिभीको खरिदमा निःशूल्क होम थिएटर सिस्टम प्राप्त गर्न सकिने जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : २५ चैत्र २०७३, शुक्रबार १०:१६