प्रभु बैंकद्धारा रक्तदान कार्यक्रम सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रभु बैंकद्धारा रक्तदान कार्यक्रम सम्पन्न



काठमाडाै २५ चैत । प्रभु बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदानको कार्यक्रम सम्पन्न गरेको छ ।

बागलुङ बजारस्थित बागलुङ शाखाले चैतेदसै मेलाको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको बैंकले जनाएको छ ।

गत बुधवार सम्पन्न रक्तदान कार्यक्रममा बैंकका कर्मचारी सहित बागलुङस्थित अन्य विभिन्न कार्यालयका कर्मचारी, अन्य बैंकका प्रतिनिधि र मेला भर्न आएका सर्वसाधारणहरुले रक्तदान गरेका थिए ।

नेपाल रेडक्रस सोसाईटी र रक्त सञ्चार केन्द्रको सहकार्यमा भएको उक्त  कार्यक्रमबाट जम्मा २७ जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।

प्रकाशित : २५ चैत्र २०७३, शुक्रबार १३:०२