एनएमबीको एक करोड १४ लाख कित्ता एफपिओ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनएमबीको एक करोड १४ लाख कित्ता एफपिओ



काठमाडौं २७ चैत । एनएमबी बैंकले सर्वसाधारण सेयरधनीको हिस्सा ४९ प्रतिशत पुर्याउन अर्को एफपिओ जारि गर्ने भएको छ। नेपाल धितोपत्र वोर्डले अनुमति दिए एनएमबीको तेस्रो एफपिओ हुने छ। चालु आर्थिक बर्षमै पनि बैंकलेतत्कालीन क्लिन इनर्जी डेभलपमेन्ट बैंक मर्जहुँदा भित्रिएको डच साझेदार एफएमओका लागि एफपिओ जारि गरेको हो। बैंकले चालु आर्थिक बर्षभित्रै एक अर्ब १४ करोड रुपैयाँको एफपिओ जारि गर्न लागेको छ । एफपिओ प्रस्तावसाधारणसभाबाट पारित भइसकेको छ।
मर्जरका कारण बैंकमा सर्वसाधारणको स्वामित्व ३९।९९ प्रतिशतमा आएको छ। बैंकले यसलाई ४९ प्रतिशत पुर्याउन खोजेको हो। बैंकले १०० रुपैयाँ अंकित दरको सेयर मूल्यमा ४२२ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता ५२२ रुपैयाँमा ल्याउने छ।
ुधितोपत्र वोर्डको नीति अनुसार आजको दिनको मूल्य ५२२ रुपैयाँ छ । ुस्वीकृतिका लागि वोर्ड जाँदासम्म मूल्य केही तलमाथि हुन सक्छ। बैंकले एक करोड १४ लाख कित्ता सेयर जारि गर्ने छ।

प्रकाशित : २७ चैत्र २०७३, आईतवार ०६:२९