रादीको आइपीओः स्थानीयका लागि ४.१० र सर्वसाधारणका लागि ६.१५ करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

रादीको आइपीओः स्थानीयका लागि ४.१० र सर्वसाधारणका लागि ६.१५ करोड



काठमाडाै २७ चैत । रादी विद्युत कम्पनी लिमीटेडले ४ करोड १० लाख मूल्य बराबरको आइपीओ निश्कासन गर्ने भएको छ ।

यो कम्पनीले लमजुङ जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ४ लाख १० हजार कित्ता आइपीओ निश्कासन गर्न लागेको हो ।

कुल निश्कासन हुने आइपीओमध्ये २ लाख ४६ हजार कित्ता जिल्लाका अति प्रभावित गाउँपालिका मस्र्यांग्दी वडानम्बर ५ का बासिन्दा तथा  १ लाख ६४ हजार कित्ता कम प्रभावित क्षेत्र वडानम्बर ४ का बासिन्दाका लागि छुट्याइएको छ ।

आइपीओका लागि आयोजना प्रभावित क्षेत्रका बासिन्दाले बैशाख ४ गतेदेखि १९ गतेसम्म आवेदन दिनसक्ने बताइएको छ । सो अवधिमा समेत माग अनुसारको आइपीओ नपरे आवेदन दिने अधिकतम मिति जेठ २ लाई तोकिएको छ ।

इच्छुक स्थानीले न्यूनतम ५० कित्तादेखि अधिकतम ४ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ ।

नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेड आइपीओ निश्कासनका लागि बिक्री प्रबन्धक रहेको छ । यो कम्पनीको आइपीओलाई इक्रा नेपालले ग्रेड थ्रीको रेटिङ प्रदान गरेको छ ।

यो कम्पनीको अधिकृत पूँजी १ अर्ब ५० करोड रहेको छ । कम्पनीको चुक्तापूँजी चाहि ३० करोड ७५ लाख रुपैयाँ रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई आइपीओ जारी गरेपछि चुक्तापूँजी वृद्धि भई ३४ करोड ८५ लाखको उचाईमा पुुग्नेछ । स्थानीयका लागि आइपीओ जारी गरे लगत्तै यो कम्पनीले सर्वसाधारणका लागि ६ करोड १५ लाख मूल्यको आइपीओ जारी गर्ने बताइएको छ । त्यसपछि भने यो कम्पनीको चुक्तापूँजी ४१ करोड पुुग्नेछ ।

प्रकाशित : २७ चैत्र २०७३, आईतवार ०७:४२