परनिर्भरताको पराकाष्ठः आठ महिनामै १६ अर्बको चामल आयात « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

परनिर्भरताको पराकाष्ठः आठ महिनामै १६ अर्बको चामल आयात



काठमाडौं, २८ चैत  ।  नेपालीको भात खानैपर्ने बानीका कारण मुलुक दिन प्रतिदिन परनिर्भर बन्दै गएको छ । मुलुकका धान खेत बाँझो छन्, दैनिक एक हजार पाँच सय नेपाली वैदेशिक रोजगारीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिइरहेका छन् ।

युवा नहुँदा बर्सेनि उत्पादकत्व घट्दै गएको छ, जसका कारण नेपाल प्रतिदिन परनिर्भर बन्दै गएको डरलाग्दो तथ्याङ्क सार्वजनिक भएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिनाको तथ्याङ्क अनुसार नेपालीको भात खाने बानीका कारण १६ अर्ब २१ करोड बराबरको चामल आयात भएको छ ।

भात खाने बानीले नेपालीलाई परनिर्भर बढाउँदै लगेको राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत फागुन मसान्तसम्ममा भात खान मात्र १६ अर्ब २१ करोडको चामल भारतबाट आएको छ । अघिल्लो वर्ष सोही अवधिमा १३ अर्ब ४३ करोडको चामल आयात भएको थियो ।

बैंकका अनुसार गत आठ महिनामा भारतबाट मात्रै सात अर्ब ८८ करोडको तरकारी आएको छ । यस्तै, फलफूल मात्र भारतबाट आठ महिनामा तीन अर्ब ३७ करोडको आयात भएको बैंकले जनाएको छ ।

बैंकका अनुसार सो अवधिमा नेपालबाट वस्तु आयातका लागि रु छ खर्ब २८ अर्ब रकम बाहिरिएको छ । तर निर्यातबाट ४८ अर्ब मात्र भित्रिएको छ ।

चालु आवको आठ महिनामा ५५ अर्ब ७२ करोड मुल्यको गाडी आयात भएको छ । आयात अत्यधिक बढेका कारण व्यापार घाटा पाँच खर्ब ८० अर्ब पुगेको छ ।

प्रकाशित : २८ चैत्र २०७३, सोमबार ०५:०४