कुलमानलाई उद्योग वाणिज्य महासंघको गोल्ड अवार्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कुलमानलाई उद्योग वाणिज्य महासंघको गोल्ड अवार्ड



काठमाडौं २८ चैत । नेपाल उद्योग वाणिज्य महासंघले यसवर्षको एफएनसीसीआई गोल्ड अवार्ड नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई प्रदान गरेको छ। सोमबार काठमाडौंमा सुरु भएको महासंघको ५१ औं वार्षिक साधारण सभामा घिसिङलाई उक्त अवार्ड प्रदान गरिएको हो।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घिसिङलाई सम्मान पत्र प्रदान गरे। सार्वजनिक प्रशासन क्षेत्रमा राम्रो काम गरेकाले घिसिङलाई उक्त अवार्ड प्रदान गरिएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ। घिसिङ प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त भएपछि काठमाडौं उपत्यका हुँदै देशका प्रमुख शहरहरु लोडसेडिङ मुक्त भएका छन्।

प्रकाशित : २८ चैत्र २०७३, सोमबार ०५:१६