नेपाल बैंकको २३.७४ प्रतिशत हकप्रद सेयरमा दावी गर्न अाज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल बैंकको २३.७४ प्रतिशत हकप्रद सेयरमा दावी गर्न अाज अन्तिम दिन



काठमाडौँ,२८ चैत ।नेपाल बैंकले निश्काशन गनै लागेको २३.७४ प्रतिशत हकप्रद सेयरमा दावी गर्न सेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो । बैंकले भोलि मंगलबार हकप्रद निश्काशनका लागि सेयरधनी दर्ता किताब बन्द गर्दैछ ।

बैंकले  ७ गतेदेखि २३ दशमलव ७४ प्रतिशत हकप्रद वापत एक अर्ब ५४ करोड ३१ लाख रुपैयाँ बराबरको एक करोड ५४ लाख ३१ हजार ८४० कित्ता हकप्रद सेयर बिक्री गर्दैछ । यसका लागि बैंकले सिभिल क्यापिटलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

हकप्रदमा सेयर बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड सिटिसी मल छैटौ तल्ला सुन्धारा काठमाडौं तथा नेपाल बैंकको केन्द्रीय कार्यालय धर्मपथ, काठमाडौं तथा बैंकका अधिकांश शाखा कार्यालयबाट समेत आवेदन दिन सकिनेछ ।

राष्ट्र बैंकले २०७४ असार मसान्तसम्ममा सबै बाणिज्य बैंकले चुक्ता पूँजी आठ अर्ब रुपैँया पुर्याउनुपर्ने नीति तथा व्यवस्था अनुरुप बैंकले हकप्रदमार्फत पूाजी वृद्धि गर्न लागेको हो । हाल नेपाल बैंकको चुक्तापूँजी ६ अर्ब ४९ करोड रुपैयाँ छ । हकप्रद पश्चात बैंकको पूँजी आठ अर्ब ८ अर्ब चार करोडको हाराहारीमा पुग्नेछ । बैंकले दोस्रो त्रैमास सम्ममा एक अर्ब ८९ करोड खुद नाफा कमाएको छ ।

५१ प्रतिशत सेयर रणनितिक साझेदारलाई बिक्री गर्ने निर्णय गरेको बैंकले हाल कायम पूँजीलाई आठ अर्बको लक्ष्यमा लैजान हकप्रद निष्काशन गर्न लागेको हो । बैंकले गत जेठ २८ गतेसम्पन्न साधारण सभाबाट २३ दशलाव ७४ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।

बैंकको जगेडा कोषमा दुई अर्ब २४ करोड छ भने ८४ अर्ब ८३ करोड निक्षेप संकलन तथा कर्जा बिस्तार गर्दै ७० अर्ब ८१ करोड कर्जा लगानी गरेको छ । बैंकको प्रति सेयर आम्दानी ५८ रुपैयाँ, प्रति सेयर नेटवर्थ १३५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ७ गुणा मात्र र निस्क्रिय कर्जा २.८५ प्रतिशत मात्र रहेको छ ।

प्रकाशित : २८ चैत्र २०७३, सोमबार ०६:१७