यति ब्रुअरीको नयाँ “अर्ना लाइट” र “अर्ना स्ट्रङ्ग” बियर बजारमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यति ब्रुअरीको नयाँ “अर्ना लाइट” र “अर्ना स्ट्रङ्ग” बियर बजारमा



 काठमाडौँ २८ चैत । यति ब्रुअरीले क्लब ट्वेन्टी–फाइभ, टंगालवुडमा भएको अनावरण कार्यक्रम मार्पmत नेपाली बियरप्रेमीहरु माझ दुई नयाँ बियरहरु प्रस्तुत गरेको छ ।

यी नयाँ प्रोडक्टले नेपाली बियर उपभोक्ताहरुलाई राम्रो विकल्प तथा थप आकर्षण प्रदान गर्नेमा कम्पनी विश्वस्त छ ।

अनावरणसँगै अर्नालाइट र अर्ना स्ट्रङ्ग देशभरका सबै प्रमुख लिक्वर आउटलेट, होटल, रेस्टुरेन्ट्, स्टोर तथा पर्वहरुमा उपलब्ध हुने बताइएको छ ।

अर्ना लाइट नेपालको पहिलो र एकमात्र लो–क्यालोरी (कम क्यालोरी भएको) बियर हो जुन “हाइ अन फन, लो अन क्यालोरी” भन्ने सन्देशसहित बजारमा आएको छ । यो बियरले “स्वाद”लाई प्राथमिकता दिँदै उपभोक्ताहरुले बियरमा चाहने हरेक गुणलाई प्रस्तुत गर्नुका साथै क्यालोरी र कार्बनको मात्रा घटाई आजकलको व्यस्त जीवनशैलीमा उपभोक्ताहरुले अधिक रुचाएको “फिट्नेश”मा पनि ध्यान दिएको बताइएको छ ।

नयाँ वर्षको आगमनसँगै प्रस्तुत गरिएको यस बियरले सबै बियरप्रेमीहरु माझ एक फरक र ताजा विकल्प ल्याई नेपालको बियर बजारको परिदृश्यमा महत्वपूर्ण परिवर्तन ल्याउने दाबी गरिएको छ।

स्वादमा कुनै पनि किसिमको असर नपर्ने गरी एक्स्ट्रा क्यालोरी तथा कार्बको मात्रा घटाउन यस बियरलाई २५% सम्म बढी समयको लागि “ब्रिउ” गरिएको छ । सामान्य माइल्ड बियरको तुलनामा अर्ना लाइटमा क्यालोरी २०% र कार्ब ३४% कम रहेको छ ।

यस बियरले साथीभाई तथा घनिष्ठहरुसँग भेटघाटमा रमाइला पलहरु बिताउन चाहने जोकोहीलाई पनि एक अनुपम विकल्प प्रदान गर्ने र आधुनिक जीवनशैलीको मागलाई पूरा गर्दागर्दै अब स्वादमा पनि कुनै किसिमको सम्झौता नगर्नुपर्ने कम्पनीको दाबी छ।

कम्पनीका जेनेरल म्यानेजर (सेल्स् तथा मार्केटिङ्ग), अरुण के.सी.ले भने – “अर्ना लाइटको अनावरण हाल उपभोक्ताहरुमा देखिएको एक स्वस्थ जीवनशैलीको चाहना तथा बियरको रोजाईमा आएको परिवर्तनका कारण भएको हो । त्यसैले अर्ना लाइटले बियर बजारमा एक फरक पृष्ठ सुरु गर्न गइरहेको छ, जसले उपभोक्ताहरुलाई उनीहरुले खोजिरहेको फरक विकल्प तथा बियर क्याटेगोरीमा एक भेराइटी प्रस्तुत गर्नेछ, त्यो पनि स्वादमा कुनै पनि किसिमको सम्झौता नगरी । समय आएको छ एउटा यस्तो बियरको मजा लिने जुन उनीहरुको जीवनशैलीमा एकदमै उपयुक्त छ –अर्ना लाइट ।”

अर्ना लाइट बियरको लञ्च एक वृहत बजार व्यवस्थापन क्याम्पेनसँगै हुनेछ । साथै अन्य विभिन्न स्याम्पलिङ्ग एक्टिभेसनहरु मार्पmत पनि बढी भन्दा बढी उपभोक्ताहरु माझ यसको सन्देश पुर्याइनेछ । उक्त कार्यक्रममा कम्पनीले अर्ना स्ट्रङ्ग बियरको पनि अनावरण गरेको थियो जुन “स्ट्रङ्ग” स्वाद चाहने उपभोक्ताहरुलाई ध्यानमा राख्दै ल्याइएको हो ।

“चढ्छ मज्जाले” भन्ने बजार प्रवद्र्धन सन्देशका साथ बजारमा आएको अर्ना स्ट्रङ्गले अर्ना लाइटले जस्तै एक फरक र शानदार स्वाद पस्कने आशा गरिएको छ ।

अर्ना लाइट र अर्ना स्ट्रङ्ग दुवै यति ब्रुअरी प्रा. लि. द्वारा चैनपुर, चितवनमा तयार गरिएको हो र यी बियरहरु ६५० मि.लि. बोतलमा क्रमशः ४.६% र ६.५% अल्कोहल प्रति बोतलका साथ बजारमा उपलब्ध छ ।

Attachments area

प्रकाशित : २८ चैत्र २०७३, सोमबार ०८:२६