नेप्से २४ दशमलव ६२ अंकले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्से २४ दशमलव ६२ अंकले बढ्यो



काठमाडाै २५ चैत । सोमवार सेयर बजार २४ दशमलव ६२ अंकले बढेको छ ।   १ अर्व ६२ करोड बराबरको कारोवार भएको छ । सो दिन कारोवारमा आएका १ सय ४४ कम्पनीको २९ लाख कित्ता सेयरबाट सो बराबरको कारोवार भएको हो ।

आज सेयर बजार १६ सय ७६ अंकमा पुगेर बन्द भएको हो । कारोवारमा आएकामध्ये अन्य बाहेक सवै समुह उकालो लागेको छ । सो दिन वीमा समुहको परिसुचक सवैभन्दा बढी २ सय १ अंकले बढेको छ ।त्यस्तै होटल ५८ दशमलव २४,विकास बैंक ५१ दशमलव ९२, जलविद्युत ४५ दशमलव ४६ र बैंकिङ सुमह १७ दशमलव ५५ अंकले बढेको छ ।

फाइनान्स समुह ५ दशमलव ४द्ध र उत्पादन ४ दशमलव ५७ अंकले उकालो लागेको छ । यता अन्य समुहको परिसुचक भने १ दशमलव ७४ अंकले घटेको छ । सोमवार नेपाल बैंक लिमिटेडको सवैभन्दा बढी १३ करोड ८१ लाख बराबरको सेयर कारोवार भएको छ ।

प्रकाशित : २८ चैत्र २०७३, सोमबार १०:४८