प्रहरी प्रमुखमा प्रकाश अर्याल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रहरी प्रमुखमा प्रकाश अर्याल नियुक्त



काठमाडौं २८ चैत । सरकारले डीआईजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक -आईजीपी) नियुक्त गरेको छ । सोमबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय गरेको हो ।

बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि भने सहभागी थिएनन् । सरकारको दोस्रो वरियता नपाएपछि उनले मन्त्रिपरिषद् बैठक बहिस्कार गरेका हुन् ।

सोमबार नै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले आईजीपीका दाबेदारहरुको कार्यसम्पादनको नम्बर पेश गर्न समिति गठन गरेको थियो । गृह, प्रधानमन्त्री कार्यालय र कानुन मन्त्रालय सचिव र निमित्त प्रहरी प्रमुख रहेको समितिले पेश गरेको कार्यसम्पादनको नम्बरका आधारमा डीआईजी अर्याललाई प्रहरी प्रमुख बनाउने निर्णय भएको दाबी गरिएको छ ।

प्रकाशित : २८ चैत्र २०७३, सोमबार १५:४०