सबै स्थानीय तहमा बैंकको शाखा पुयाएइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सबै स्थानीय तहमा बैंकको शाखा पुयाएइने



काठमाडौं २९ चैत । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सबै स्थानीय तहमा कम्तिमा पनि एउटा बैंकको शाखा पुर्याउन गृहकार्य गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएका छन् ।
आगामि आर्थिक बर्ष भित्रमा देशका ७४४ वटैँ स्थानिय तहमा बैंकको शाखा पुर्याउन तयारी थाल्न अर्थमन्त्री महराले निर्देशन दिएका छन ।
सरकारले जनताको लागि संचालन गरेको सामाजिक सुरक्षाको लागि आर्थिक सहयोग कार्यक्रमहरु बैंक खाता मार्फत प्रदान गर्ने भएकोले पनि बैंक शाखा तत्काल पुर्याउन लागिएको हो ।
अर्थमन्त्री महराको यस्तो निर्देशन पछि सबै स्थानीय तहमा बैंकका शाखा पुर्याउने प्रक्रिया सुरु भएको छ । यसको ब्यवस्थापन भने अर्थमन्त्रालय अन्तरगतको वित्तीय ब्यवस्थापन महाशाखाले गर्ने अर्थमन्त्रीको प्रेस संयोजक त्रिभुवन पौडेलले जानकारी दिए ।

प्रकाशित : २९ चैत्र २०७३, मंगलवार ०९:०७