यस्तो छ टेलिकमको प्रोमोसनल अफर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यस्तो छ टेलिकमको प्रोमोसनल अफर



काठमाडौं, २९ चैत । नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा रिचार्ज बोनससहितको ‘नव वर्ष प्रोमोसनल’ अफर ल्याएको छ। अफर अन्तर्गत रिचार्ज बोनस, डाटा प्याकेज र नाइट भ्वाइस प्याकमा विभिन्न किसिमका छुटहरु ल्याइएको टेलिकमले जनाएको छ।

रिचार्ज बोनस

रिचार्ज बोनस अन्तर्गत जिएसएम तथा सिडिएमए प्रिपेड सेवाका उपभोक्ताहरुलाई एमपिओएस तथा रिचार्ज कार्ड मार्फत १ सय र २ सयको कार्ड प्रयोग गर्दा १० प्रतिशत बोनस पाउने छन्। त्यस्तै ५ सय र १ हजारको रिचार्ज कार्ड प्रयोग गर्दा १५ प्रतिशत बोनस उपलब्ध हुनेछ। यसको भ्यालिडिटी तीन दिनको हुनेछ। उपलब्ध गराइने रिचार्ज बोनस चैत ३० गतेदेखि बैशाख १३ गतेसम्म लागू हुनेछ।

डाटा प्याकेज

डाटा प्याकेज अन्तर्गत जिएसएम सेवाका उपभोक्ताहरुलाई चैत ३० देखि बैशाख २८ गतेसम्म लागू हुने गरी टेलिकमले अल टाइम डाटा प्याकेज र नाइट डाटा प्याकेज उपलब्ध गराइएको छ।

अल टाइम डाटा प्याकेज अन्तर्गत कर सहित १ सय, २ सय र ३ सयमा ३० दिनको भ्यालिडिटीसहित चौबिसै घण्टा प्रयोग गर्न मिल्ने गरी क्रमशः ४ सय एमबी, ८ सय ५० एमबी र १५ सय एमबी डाटा भोल्यूम उपलब्ध गराइनेछ।

त्यस्तै नाइट डाटा प्याकेज अन्तर्गत २ सय र ३ सयमा ३० दिनको भ्यालिडिटीसहित राती १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने गरी क्रमशः ३ जिबी र ६ दशमलव ५ जिबी डाटा भोल्यूम उपलब्ध गराइनेछ। यो अफर अन्तर्गत डाटा सेवाको मूल्य प्रति एमबी ४.५ पैसादेखि २५ पैसा मात्र पर्ने टेलिकमले जानकारी दिएको छ।

यसरी गर्नुहोस डाटा प्याकेज एक्टिभेट

अल टाइम डाटा प्याकेज सेवा लिनका लागि अंग्रेजीमा DATA टाइप गरी आफूलाई जति एमबी चाहिएको हो उल्लेख गरेर १४१५ मा म्यासेज पठाउन टेलिकमले आग्रह गरेको छ । नाइट डाटा प्याकेज सेवाका लागि अंग्रेजीमा NIGHT टाइप गरी आफूलाई जति एमबी चाहिएको हो त्यति उल्लेख गरेर १४१५ मा म्यासेज पठाउन टेलिकमले आग्रह गरेको छ।

नाइट भ्वाइस प्याक

नाइट भ्वाइस प्याक अन्तर्गत जिएसएम सेवाका उपभोक्ताहरुलाई चैत ३० गतेदेखि २०७४ वैशाख २८ गतेसम्म लागू हुने गरी २५ रुपैयाँमा सात दिनको भ्यालिडिटीसहित राति १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने गरी २५० मिनेटको भ्वाइस प्याक उपलब्ध गराइने टेलिकमले जनाएको छ।

यसरी गर्नुहोस नाइट भ्वाइस प्याक एक्टिभेट

नाइट भ्वाइस प्याक सेवा लिनका लागि एनआइजीएचटीभीओआईसीई ल्क्ष्न्ज्त्ख्इक्ष्ऋभ् टाइप गरी १४१५ मा म्यासेज पठाउनु पर्दछ।

प्रकाशित : २९ चैत्र २०७३, मंगलवार १३:५९