गोल्छाले मारे बाजी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

गोल्छाले मारे बाजी



काठमाडाै २९ चैत ।  नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा विजयी भएका छन् । महासंघको नयाँ नेतृत्वका लागि मंगलबार भएको चुनावबाट गोल्छा उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

बरिष्ठ उपाध्यक्षमा निर्वाचित गोल्छाले प्रतिद्वन्द्वी किशोरकुमार प्रधानलार्इ  पराजित गरेका हुन् । गोल्छाले अब भवानी राणापछिको कार्यकायलमा अध्यक्ष हुने पक्का गरेका छन् । उद्योग वाणिज्य महासंघको मतगणना नसकिँदै किशोर प्रधानले हार स्वीकार समेत गरेका छन् ।

जिल्लानगर, वस्तुुगतका अधिकांश सदस्यहरुमा गोल्छा समूहका उम्मेद्वार विजयी भएपछि र यी समूहमध्ये ५० प्रतिशत मतभार रहने जिल्लानगरतर्फ समेत गोल्छा भन्दा पछाडि परेपछि प्रधानले हार स्वीकार गरेका हुुन् ।

जिल्लानगरतर्फ शेखर ६१ मत प्राप्त गरेका छन् भने किशोरले ४२ मत मात्र ल्याएका छन् । वस्तुुगतमा भने किशोरले शेखरभन्दा ४ मत बढी ल्याए । शेखरले वस्तुुगतमा ४७ मत मात्र प्राप्त गरे । महासंघमा वस्तुुगतको मतभार २० प्रतिशत र जिल्लानगरको ५० प्रतिशत रहने व्यवस्था छ ।

महासंघमा वस्तुुगत उपाध्यक्षमा गोल्छा समूहका उमेशलाल श्रेष्ठ विजयी भएका छन् । जिल्लानगरमा भने प्रधान समूहको प्रमोद श्रेष्ठले बाजी मारेका छन् । एशोसिएट उपाध्यक्षमा गोल्छा समूहका उम्मेद्वार चन्द्र ढकाल यसअघि नै निर्विरोध भइसकेका छन् । वस्तुुगत र जिल्लानगरतर्फबाट निर्वाचित हुने कार्यकारिणी सदस्यमा समेत गोल्छा समूहको राम्रो बर्चश्व स्थापित भएको छ । एशोसिएटमा उम्मेद्वार दिएका २२ जनामध्ये प्रधान समूहका ३ जना मात्र छन्  ।

केही महिनाअघि उद्योग वाणिज्य महासंघको विशेष साधारणसभाले विधान संसोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरेको छ । यो व्यवस्था अनुसार अबको महासंघको बागडोर पहिलोपटक महिला अनुहारको रुपमा भवानी राणाले सम्हाल्ने छिन् । तीन वर्षसम्म राणाको कमाण्डमा चल्ने महासंघमा त्यसपछिको नेतृत्व भने शेखर गोल्छाले सम्हाल्नेछन्

प्रकाशित : २९ चैत्र २०७३, मंगलवार १७:११