यसरी बाँडफाड भयो युनाइटेड मोदीको आईपिओ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यसरी बाँडफाड भयो युनाइटेड मोदीको आईपिओ



काठमाडौं ३१ चैत । युनाईटेड मोदी हाइड्रोपावरको अईपिओ आज बाँडफाड भएको छ । बिक्रि प्रबन्धक एनआइबिएल क्यापिटलले आज १७ लाख २५ हजार कित्ता शेयर बाँडफांड गरेको हो ।

बाँडफांड मोडल अनुसार  ५० कित्ता देखि ३३० कित्ताको लागि आवेदन दिनेलाई गोलाप्रथाबाट १० कित्ता शेयर पाएका छन् ।

त्यस्तै ३४० कित्तादेखि ५०० कित्ताको लागि आवेदन दिनेले २.८० प्रतिशतले शेयर पाएका छन् । ५०० कित्ता भन्दा बढीको आवेदन दिनेले २.२४ प्रतिशत शेयर प्राप्त गरेका छन् ।

जस अनुसार ५०० कित्ताको लागि आवेदन दिनेले १४ कित्ता शेयर पाएका छन् भने १५ हजार कित्ताको आवेदन दिनेले ३३७ कित्ता शेयर पाएका छन् ।

९५ हजार ८ सय ७१ योग्य आवेदन मध्ये ६५ हजार ५ सय ८ जनाले शेयर प्राप्त गरेका छन्  । त्यस्तै ४७ कर्मचारीले ३४ हजार ५ सय कित्ता शेयर पाएका छन् भने ७ सामुहिक लगनीकोषको लागि ८६ हजार २ सय ५० कित्ता शेयर छुट्याइएको छ ।

प्रकाशित : ३१ चैत्र २०७३, बिहीबार ०७:०८