एनसीसी बैंकले ५० प्रतिशत हकप्रद दिने, डाक्यो बिशेष साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनसीसी बैंकले ५० प्रतिशत हकप्रद दिने, डाक्यो बिशेष साधारण सभा



काठमाडाै ३१ चैंत  । एनसीसी बैंकले ५० प्रतिशत हकप्रद दिने प्रस्ताव गरेको छ । बैंकको बुधबार बसेको संचालक समितिको बैठकले २:१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको ५० प्रतिशत हकप्रद प्रस्ताव गरेको हो । चार वटा ठूला बिकास बैंकलाई आफुमा गाभेको एनसीसीले राष्ट्र बैंकको निर्देशन अनुसार चुक्ता पूँजी आठ अर्ब पुर्याउन हकप्रद प्रस्ताव अघि सारेको हो  ।

हकप्रद प्रस्ताव पारित गर्न बैंकले बिशेष साधारण सभा डाकेको छ  ।  बैंकले बैशाख १५ सिद्धार्थनगरमा बिशेष साधारणसभा बोलाएको हो ।

साधारण सभा प्रयोजनको लागि बैंकले शेयर दाखिल खारेजको काम बैशाख ६ गते बन्द रहने जनाएको छ  ।  अर्थात् बैशाख ५ गते सम्म कायम शेयरधनीले मात्र साधारण सभमा भाग लिन सक्ने छन्  ।

एनसीसीको हाल चुक्ता पूँजी चार अर्ब ६७ करोड रहेकोमा ५० प्रतिशत हकप्रदपछि सात अर्ब नाघ्नेछ ।

प्रकाशित : ३१ चैत्र २०७३, बिहीबार ०७:५१