नेपाली विद्यार्थीलाई दक्षिण अमेरिकामा अध्ययन गर्न जान प्रतिबन्ध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाली विद्यार्थीलाई दक्षिण अमेरिकामा अध्ययन गर्न जान प्रतिबन्ध



काठमाडौं, ३ वैशाख  ।  शिक्षा मन्त्रालयले नेपाली विद्यार्थीलाई दक्षिण अमेरिकी राष्ट्रमा अध्ययन गर्न जान प्रतिबन्ध लगाएको खबर आजको अन्नपूर्णपोष्ट दैनिकमा छापिएको छ । त्यहाँका मुलुकमा विद्यार्थीहरु अध्ययन गर्न जाने क्रममा अलपत्र परेको र अध्ययनको उपयुक्त वातावरण नभएको ठहर गर्दै मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट जान प्रतिबन्ध लगाएको हो ।

मन्त्रालयले चिली लगायत दक्षिण अमेरिकी मुलुकमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर’ नदिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा. हरिहर प्रसाद लम्सालले बताए ।

उच्च शिक्षा अध्ययनका लागि गत वर्ष अध्ययन भिसामा चिली गएका ४२ जना विद्यार्थी अलपत्र परेका थिए ।

अध्ययनको बहानामा रोजगारी तथा अन्य उद्देश्यले चिलीसहित ब्राजिललगायत मुलुकमा गए समस्यामा पर्ने गरेका शिक्षा र परराष्ट्र मन्त्रालयले गरेको अध्ययनमा पाइएको थियो ।

त्यसपछि मन्त्रीस्तरीय निर्णयअनुसार नेपालमा त्रिभुवन विश्वविद्यालयले समकक्षता प्रदान गर्ने विश्वविद्यालय र विषयबाहेक अन्य विषयमा नो अब्जेक्सन लेटर नदिन मन्त्रालयले वैदेशिक अध्ययन तथा अनुमतिपत्र व्यवस्थापन शाखालाई निर्देशन दिएको हो ।

प्रकाशित : ३ बैशाख २०७४, आईतवार ०५:१७