धरान पुग्यो ब्रोकर कम्पनी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

धरान पुग्यो ब्रोकर कम्पनी



काठमाडौं ३ बैशाख। सेयर कारोबार गर्ने दलाल कम्पनी अनलाइन सेक्युरिटिजले धरानमा शाखा खोलेर सेवा दिन थालेको छ। ४९ नम्बर ब्रोकर कम्पनी अनलाइन सेक्युरिटिजले धरानको कलेज रोडमा शाखा खोलेको हो।

शाखाको उद्घाटन सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र साहले गरे। शाखाबाट सेयर किनबेच,  डिम्याट खाता खोल्ने, सेयर डिम्याट गर्नेलगायत पूँजी बजार सम्बन्धि सबै काम हुने शाखा प्रमुख सुजन निरौलाले बताए।

प्रकाशित : ३ बैशाख २०७४, आईतवार ०७:३६