नयाँ बर्षमा सेयर बजारका लगानीकर्तालाई झट्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नयाँ बर्षमा सेयर बजारका लगानीकर्तालाई झट्का



काठमाडौँ, ३ बैशाख । कारोबारको पहिलो दिन आज आइतबार नेप्से  ४५ दशमलव ५२ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएका सबै समुहहरु ओरालो लागेको छ । आइतबार १६ सय ९६ मा खुलेको नेप्से १६ सय ५१मा आएर बन्द भएको छ । आइतबार  इन्स्योरेन्स समुह ३२२ दशमलव ८४ अंकले ओरालो लागेको छ ।आईतबार होटल समुह ६२ दशमलव १९ अंकले , उतपादनमुलक समुह ५९ दशमलव ४७ अंकले , विकस बैँक ४९ दशमलव ९३ अंकले , बैकिड. समुह ४४ दशमलव १४ अंकले , जलविघुत ३८ दशमलव ८५ अंकले , फाइनान्स समुह ८ दशमलव ८५ अंकले र अन्य समुह ४ दशमलव ९२ अंकले ओरालो लागेको छ ।

आज कारोबारमा आएका १३५ कम्पनी बाट १६ लाख ८७ हजार ९६  कित्ता शेयर बाट १ अर्ब २१ करोड १५ लाख ४८ हजार ४० रुपैयाको कारोबार भएको छ ।

प्रकाशित : ३ बैशाख २०७४, आईतवार ११:०१