हकप्रद सेयर निष्कासन अनुमति माग्न लुम्बिनी जनरल इन्सुरेन्स पुग्यो धितोपत्र बोर्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हकप्रद सेयर निष्कासन अनुमति माग्न लुम्बिनी जनरल इन्सुरेन्स पुग्यो धितोपत्र बोर्ड



काठमाडौं  ३ बैशाख  । लुम्बिनी जनरल इन्सुरेन्सले १००% हकप्रद सेयर निष्कासन अनुमति माग्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । लुम्बिनीले १०० रुपैयाँ दरको ३९ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । १ः१ अनुपातमा आउने यस हकप्रदमा सीबीआइएल क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहनेछ । बिमा समितिले चुक्ता पुँजी बढाउन निर्देशन दिइसकेको अवस्थामा यो इन्सुरेन्सको आकर्षक हकप्रद योजना आएको हो । हाल लुम्बिनीको चुक्ता पुँजी ३९ करोड रुपैयाँ छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा लुम्बिनीले ७ करोड ६८ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ४३ पैसा रहेको लुम्बिनीको प्रतिसेयर नेटवर्थ २०९ रुपैयाँ १९ पैसा छ ।

प्रकाशित : ३ बैशाख २०७४, आईतवार ११:५३