सिर्जना फाईनान्सको मुनाफामा दोब्बर वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिर्जना फाईनान्सको मुनाफामा दोब्बर वृद्धि



काठमाडौं, ४ वैशाख  । सिर्जना फाईनान्स लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा आठ करोड २९ लाख खुद नाफा आर्जन गरेको छ । कम्पनीको यो मुनाफा गतवर्षको सोही अवधिको तुलनामा दोब्बर वृद्धि हो । कम्पनीले गत वर्ष सोही अवधिमा चार करोड २४ लाख खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीले सो अवधिमा ब्याज आम्दानी र सञ्चालन मुनाफा दोब्बरले वृद्धि गर्दा समग्र मुनाफामा वृद्धि भएको हो । गत वर्षको सो अवधिमा आठ करोड ५२ लाख खुद ब्याज आम्दानी गरेको कम्पनीले यो वर्षको चैत मसान्तसम्म २० करोड२५ लाख भन्दा बढी खुद ब्याज आम्दानी गरेको छ । त्यस्तै कम्पनीले यो अवधिमा २२ करोड ५० लाख सञ्चालन मुनाफा गरेको छ, जबकि गत वर्षको यो अवधिमा कम्पनीले ९ करोड ७८ लाख सञ्चालन मुनाफा कमाएको थियो । त्यस्तै कम्पनीले निक्षेप संकलन र कर्जा परिचालन उल्लेख्य वृद्धि गरेको छ ।

३० करोड चुक्ता पूँजी रहेको कम्पनीले यो अवधिमा २ अर्ब ८३ करोड १६ लाख ८६ हजार १९० रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ५३ करोड ३० लाख १९ हजार ५९० रुपैयाँ कर्जा परिचालन गरेको छ ।

विराटनगरमा मुख्य कार्यालय रहेको कम्पनीको प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ५७ पैसा कायम भएको छ । पूँजी कोष साढे १७ र प्रति शेयर नेटवर्थ १४४ रुपैयाँ छ ।

प्रकाशित : ४ बैशाख २०७४, सोमबार ०६:०५