राधी विद्युतले आईपिओ निष्काशन गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

राधी विद्युतले आईपिओ निष्काशन गर्दै



काठमाडौं, ४ वैशाख  । राधी विद्युत कम्पनी लिमिटेडले ४ लाख १० हजार कित्ता साधारण शेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित लमजुङ बासीका लागि उक्त शेयर निष्काशन गर्न लागेको हो ।

जसमध्ये २ लाख ४६ हजार कित्ता शेयर आयोजना अति प्रभावित साविक घेर्मु गाविस तथा हाल मस्र्याङदी गाउँपालिका वडा नम्बर ५ का बासिन्दाका लागि र बाँकी एक लाख ६० हजार कित्ता आयोजना न्यून प्रभावित साविक ताघ्रिङ गाविस अर्थात मस्याङदी गाउँपालिका वडा नम्बर ४ का बासिन्दाका लागि शेयर निष्काशन गरिएको हो ।

कम्पनीको शेयरमा इच्छुक लगानीकर्ताले २०७४ वैशाख ४ देखि न्यूनतम ५० कित्ता (५ हजार रुपैयाँ) देखि अधिकतम ४ हजार कित्तामा (४ लाख रुपैयाँ) जेठ २ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयरलाई इक्रा नेपालले ग्रेड थ्रि रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको अवस्था औसत रहेको संकेत गर्दछ ।

पहिलो चरणमा १ सय रुपैयाँ अंकित दरका ४ करोड दश लाख रुपैयाँ बराबरको शेयर आयोजना प्रभावित लमजुङ बासीहरुलाई बिक्री खुल्ला गरेको कम्पनीले त्यसपश्चातसर्वसाधारणका लागि आइपीओ जारी गर्ने बताएको छ । कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिंग लिमिटेड रहेको छ ।

कम्पनीले आयोजना प्रभावितलाई सहित कुल १० करोड २५ लाख रुपैयाँ बराबरको दश लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गर्नेछ ।

कहाँबाट दिने आवेदन

कम्पनीको शेयरमा आवेदन दिन इच्छुक लगानीकर्ताले नबिल बैंक लमजुङ शाखा, ओम डेभलपमेन्ट बैंकको लमजुङ शाखा, कैलाश विकास बैंको लमजुङ शाखा र राधी हाइड्रो पावर, पावर स्टेशन घेर्मु ३ लमजुङबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित : ४ बैशाख २०७४, सोमबार ०८:४१