जनतासँग विलय हुन लागेको सिद्धार्थ डेभलपमेन्ट बैंक यस्तो छ अवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

जनतासँग विलय हुन लागेको सिद्धार्थ डेभलपमेन्ट बैंक यस्तो छ अवस्था



काठमाडौ, ५ वैशाख  । जनतासँग विलय हुन लागेको सिद्धार्थ डेभलपमेन्ट बैंकको आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद मुनाफा २८ करोड ८३ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहि अवधिमा ४६ दशमलव ८९ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा १९ करोड ६२ लाख रुपैयाँ कमाएको थियो ।

१ अर्ब ४१ करोड ९१ लाख रुपैयाँ चुक्ता पूँजी भएको सिद्धार्थ डेभलपमेन्ट बैंकले जगेडाकोषमा ६९ करोड ९३ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ६४दशमलव ११ प्रतिशतले वृद्धि गरी १३ अर्ब ६९ करोड ४५ लाख रुपैयाँ संकलन गरी कर्जामा १२ अर्ब १५ करोड ४१ लाख रुपैयाँ लगानी गरेको छ । जुन गत वर्षको सोहि अवधिको तुलनाभन्दा ६४ दशमलव ६२ प्रतिशतले वृद्धि हो । बैंकले खुद व्याज आम्दानीमा ९० प्रतिशतल बढेर ५८ करोड ४५ लाख रुपैयाँ र संचालन मुनाफामा ३८ दशमलव ९९ प्रतिशतले बढेर ४४ करोड २५ लाख रुपैयाँ पुगेको छ ।

बैंकको निष्कृय कर्जामा शुन्य दशमलव ०३ प्रतिशतले घटेर २ दशमलव ४२ प्रतिशत र जोखिम युक्त सम्पत्ति ३ दशमलव ५५ प्रतिशतले बढेर १५ दशमलव ४८ प्रतिशत रहेको छ । बैंकको प्रति शेयर आम्दानी वार्षिकीकरण २७ दशमलव ०९ रुपैयाँ, मूल्य आम्दानीको अनुपात १० दशमलव ९६ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ३६ दशमलव ६० रुपैयाँ र तरलता अनुपात २६ दशमलव ४१ प्रतिशत रहेको छ ।

प्रकाशित : ५ बैशाख २०७४, मंगलवार ०५:१३