राष्ट्रिय बीमा कम्पनीले तीन वर्षको नाफाबाट ११५ प्रतिशत बोनस सेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्रिय बीमा कम्पनीले तीन वर्षको नाफाबाट ११५ प्रतिशत बोनस सेयर दिने



काठमाडौं ५ बैशाख  । राष्ट्रिय बीमा कम्पनीले आफ्ना सेयर धनीलाई बोनस सेयर वितरण गर्ने भएको छ । १५ वर्षदेखि लेखा परीक्षण नै नगरी बसेको कम्पनीले आर्थिक वर्ष २०६०÷६१ देखि ३ आर्थिक वर्षको लेखा परीक्षण गरी बोनस सेयर वितरण गर्न लागेको हो ।

दुई वर्ष अघि राष्ट्रिय बीमा संस्थानबाट छुट्टिएर निर्जीबन बीमा कम्पनीको काम गर्दै आएको बीमा कम्पनीले सेयर धनीलाई २७ देखि ५१ प्रतिशतसम्म बोनस सेयर दिने भएको छ । कम्पनीले पहिलो ३ आर्थिक वर्ष २०६०/६१, २०६१/६२ र २०६२/६३ को बोनस सेयर वितरण गर्न लागेको हो । ती आर्थिक वर्षको चुक्ता पूँजीको आधारमा क्रमश ३७, ५१ र २७ प्रशितशत बोनस सेयर वितरण गरिने कम्पनीद्वारा विज्ञप्तीमा उल्लेख छ ।

जस अनुसार कम्पनीको एक कित्ता सेयर हुनेले ५१ प्रतिशत बोनस पाउँदा झण्डै ११ हजार रुपैयाँ हात पार्नेछ । कम्पनीले बोनसको घोषणा गरेसँगै बजारमा सेयर मूल्य पनि उकालो लागेको छ । प्रतिकिक्ता १९ हजार ९ सय रुपैयाँबाट कारोवार खुलेको कम्पनीको सेयर आघा घण्टाकोबीचमा २० हजार ३ सय रुपैयाँ पुगेको छ । कम्पनीले उक्त बोनस सेयर स्वीकृतिका लागि बैशाख २२ गते साधारणसभा बोलाएको छ ।

प्रकाशित : ५ बैशाख २०७४, मंगलवार ०६:५३