राष्ट्र बैंकको सञ्चालक समितिमा रेग्मी र पौडेल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राष्ट्र बैंकको सञ्चालक समितिमा रेग्मी र पौडेल नियुक्त



काठमाडौं, ५ बैशाख  । सरकारले नेपाल राष्ट्र बैंकको रिक्त रहेको दुई सञ्चालक समितिमा रामजी रेग्मी र डा. श्रीराम प्रसाद पौडेललाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद् वैठकले दुई सञ्चालक नियुक्त गरेको हो । दुवै सदस्यको पदावधी ५ बर्षको हुने छ । केन्द्रिय बैंकका पूर्व कार्यकारी निर्देशक रेग्मी नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अध्यक्ष समेत हुन् ।

अर्का सञ्चालकमा नियुक्त भएका पौडेल भने यसअघि पनि राष्ट्र बैंकको सञ्चालक थिए । उनको पनि गत चैत १५ गते ५ बर्ष पदावधी सकिएको थियो । उनलाई सरकारले पुन सञ्चालकमा नियुक्त गरेको हो । पौडेल प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख आर्थिक सल्लाहाकार समेत हुन् । उनलाई माओवादी कोटावाट सञ्चालक वनाइएको हो भने रेग्मी काँग्रेस कोटावाट सञ्चालक वनेका हुन् ।

राष्ट्र बैंकको सञ्चालक समितिमा गभर्नर अध्यक्ष हुने गरेका छन् भने दुई डेपुटी गभर्नर र अर्थमन्त्रालयका सचिव पदेन सदस्य हुने गरेका छन् । त्यसवाहेक आर्थिक क्षेत्रका विज्ञ मध्येवाट तीन जना सदस्य नियुक्त हुने गरेका छन् ।

प्रकाशित : ५ बैशाख २०७४, मंगलवार १०:०१