खाता रोक्का हुँदा काम प्रभावित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

खाता रोक्का हुँदा काम प्रभावित



कालीकोट, ५ वैशाख । जिल्लामा नयांँ संरचनाको विकाससँगै साविकको गाविसमा भएका कारोबारको खाता रोक्का हुँदा कठिनाई भएको छ ।
तीस गाविसलाई छवटा गाउँपालिका र तीन नगरपालिकामा विभाजन गरेपछि पहिलेको गाविसको विकास निर्माण लगायतको कारोबारको बैंक खाता रोक्का हुँदा समस्या भएको हो ।

पुरानो संरचना अनुसारको विकास निर्माण भएको तर हाल भूगोल फरक पर्न गएका कारण उक्त योजनामा कसरी जाने भन्ने विषयमा छलफल चलिरहेकाले खाता सञ्चालनमा आउन नसकेको जिल्ला समन्वय समितिका सदस्य सचिव प्रदीपराज अधिकारीले जानकारी दिनुभयो ।

अहिले जिल्लामा विकास निर्माणका कामसँगै जेष्ठ नागरिकलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्ताको रकम समेत नागरिकले पाउन सकेका छैनन् । खाता रोक्का हुँदा सबै काम प्रभावित भएको पचालझरना गाउँपालिकाका वडा सचिव धनमान सेजुवालले बताउनुभएको छ ।

प्रकाशित : ५ बैशाख २०७४, मंगलवार १०:२९