सिभिल मल अब ‘फिक्स्ड प्राइस मल’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिभिल मल अब ‘फिक्स्ड प्राइस मल’



काठमाडाै ६ बैशाख । नयाँ वर्ष २०७४ को सुरुवातसँगै सुन्धारास्थित सिभिल मल निश्चित मूल्य अर्थात ‘फिक्स्ड प्राइस’ मलमा रुपान्तरण भएको छ ।

गत ७ वर्षदेखि मुलुककै ठूलो किनमेल गन्तव्यको रुपमा रहँदै आएको सिभिल मलमा सामान खरिद गर्दा ग्राहकहरुले मोलतोल गर्ने झमेला व्यहोर्नु नपरोस् भन्ने उद्देश्यले यसो गरिएको व्यवस्थापनले जनाएको छ ।

एउटै छानामुनि मनोरञ्जन, खानपान, किनमेल र पार्किङ्गको सुविधा प्राप्त गर्न सकिने उक्त मलमा विश्व स्तरीय सिनेमा हल, बालबालिकाको लागि नेपालकै सबैभन्दा ठूलो ‘इण्डोर गेम जोन’ र विभिन्न स्वादको परिकार पाईने फूडकोर्ट समेत छन् ।

किनमेल जगतमा प्रमुख हिस्सा ओगट्दै आएको सिभिल मल ‘फिक्स्ड प्राइस’ मल भएपछि ग्राहकवर्गले वस्तु र सेवाको उपभोग अझै सहज रुपमा गर्नसक्ने विश्वास व्यवस्थापनको छ ।

प्रकाशित : ६ बैशाख २०७४, बुधबार ०७:१४