सिद्धार्थ र प्राईमले कति पुर्याए बचत खाताको व्याजदर « अर्थबजार – आर्थिक विकासको लागि सञ्चार

Feature News

सिद्धार्थ र प्राईमले कति पुर्याए बचत खाताको व्याजदर



काठमाडौं ६ बैशाख। सिद्धार्थ बैंक र प्राईम कर्मसियल बैंकले पनि बचत खाताको ब्याजदर बढाएका छन । राष्ट्र बैंकले बैशाख १ गतेदेखि कल खातामा दिईरहेको ब्याजदर भन्दा कम नहुने गरी बचत खाताको ब्याज दर कायम गर्न निर्देशन दिए अनुरुप बैशाख ५ गते मंगलबारदेखि लागु हुने गरि यी दुई बैंकले पनि बचत खाताको ब्याजदर बढाएका छन् ।
यसअघि सिद्धार्थ बैंकले तीन देखि पाँच प्रतिशतसम्म बचत खातामा व्याज प्रदान गर्दे आएकोमा बैशाख ५ गतेदेखि लागु हुनेगरि त्यसलाई बढाएर ५.७५ प्रतिशतदेखि ६.२५ प्रतिसम्म पुरयाएको छ । बैंकले सिद्धार्थ सर्वोत्तम बचतमा अधिकतम ६.२५ प्रतिशत र अन्य १४ प्रकारको खातामा ५.७५ प्रतिशत व्याज प्रदान गर्ने भएको छ।
अर्को बाणिज्य बैंक प्राईम कर्मसियल बैंकले समेत मंगलबारदेखि लागु हुनेगरी बचत खाताको व्याजदर ५.२५ प्रतिशतदेखि ७.२५ प्रतिशतसम्म पुर्याएको छ । प्राईमले ११ प्रकारको खातामा ५.२५ प्रतिशत व्याज दिनेछ भने लोकल स्पेसिफिक सेभिङ्गमा ६.७५ प्रतिशत र अन्य पाँच प्रकारको बचत खातामा अधिकतम ७.२५ प्रतिशत व्याज दिने घोषणा गरेको छ ।

प्रकाशित : ६ बैशाख २०७४, बुधबार ०७:२२