आई.सी.एफ.सी फाइनान्सले कमायो १६ करोड, चितवनमा थप्यो दुई शाखा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आई.सी.एफ.सी फाइनान्सले कमायो १६ करोड, चितवनमा थप्यो दुई शाखा



काठमाडौं ६ बैशाख। आइ . सी.एफ.सी। फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १६ करोड रुपैंया खुद नाफा कमाएको छ । फागुन मसान्तसम्ममा ११ करोड रुपैंया खुद नाफा कमाएको फाइनान्सले चैत मसान्तसम्ममा आई पुग्दा पाँच करोड रुपैंयाले खुद नाफा बढाएको  छ ।
फाइनान्सको खुद नाफा गत बर्षको तेस्रो त्रैमासमा सात करोड रहेकोमा यस बर्ष नौ करोडले बढाएको छ ।
८० करोड रुपैंया चुक्ता पूँजी रहेको फाइनान्सले मुलुकभर शाखा बिस्तार गर्ने लक्ष्यका साथ चितवनमा एकै पटक दुई शाखा बिस्तार गरेको छ । फाइनान्सले बुधबार चितवनको जयमंगला तथा खुरखुरेमा १३ औं तथा १४ औं शाखा सञ्चालनमा ल्याएको छ ।
फाइनान्सले केही दिन अघि मात्र स्याङ्जाको गल्याङ्मामा १२ औं शाखा बिस्तार गरेको थियो । । यो सँगै फाइनान्सको शाखा सञ्जाल १४ पुगेको छ । बुधबार फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामबाबु पन्तले नयाँ शाखाहरुको उद्घाटन गरेका छन ।
प्रमुख कार्यकारी अधिकृत पन्तले फाइनान्स सेवाग्राहीलाई उच्चस्तरको वित्तीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताए । उनले शहर केन्द्रित सेवा नभई अन्य स्थानमा सेवा बिस्तार गर्ने योजना अनुसार फाइनान्सले अरु शाखा पनि बिस्तार गर्दै लैजाने बताए ।
फाइनान्सले १४ वटा शाखा, एउटा एक्सटेन्सन काउण्टर तथा १० वटा ए.टी.एम. मार्फत आफ्ना ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
४१ हजार भन्दा बढी ग्राहकलाई सेवा दिंदै आएको फाइनान्सले ६ अर्व ४३ करोड रुपैंया निक्षेप संकलन गरी ५ अर्व ३८ करोड रुपैंया कर्जा प्रवाह गरेको छ ।
फाइनान्सले निकट भविष्यमै चितवन जिल्लाको ज्योतिनगरमा समेत शाखा सञ्चालन गर्ने भनेको को छ।

प्रकाशित : ६ बैशाख २०७४, बुधबार ०८:३९