‘हर्न निषेध’ अभियानलाई अर्घाखाँची सिमेन्टको सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

‘हर्न निषेध’ अभियानलाई अर्घाखाँची सिमेन्टको सहयोग



काठमाडाै ६ बैशाख । अर्घाखाँची ओ.पी.सी. सिमेन्टले काठमाडौं महानगरमा लागू गरिएको हर्न निषेध अभियानलाई सहयोग गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तरगत वातावरण प्रति सचेत हुँदै काठमाडौं उपत्यकाभित्र लागू गरिएको हर्न बजाउन निषेध अभियानलाई सहयोग गरेको कम्पनीले जनाएको छ । कम्पनीले उपत्यकाभित्र बढ्दो सवारी साधनको संख्यासँगै बढेको ध्वनी प्रदुषणलाई नियन्त्रण गर्न यो अभियानले सहयोग गर्ने अपेक्षा गरेको छ ।

काठमाडौं महानगरपालिका तथा काठमाडौं उपत्यका भित्र महानगरिय ट्राफिक प्रहरीले यहि २०७४ वैशाख १ गतेदेखि उपत्यकाभित्र सवारी साधनहरुले हर्न बजाउन निषेध गरेको छ । यो नियम अनुसार अत्यावश्यक सवारी साधन र सुरक्षाका सवारी साधनहरुले समेत अति आवश्यक भएमा मात्र हर्न बजाउन पाउनेछन् ।

कम्पनीले बढ्दो वातावरणीय समस्याप्रति सचेत हुँदै सिमेन्ट उत्पादनमा पनि वातावरण मैत्री व्यागफिल्टर प्रविधिको प्रयोग गरिरहेको जनाएको छ ।

प्रकाशित : ६ बैशाख २०७४, बुधबार १०:११