कुलमाले भने- ‘म माओवादीबाट मेयर लड्ने कुरा हल्ला मात्र’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कुलमाले भने- ‘म माओवादीबाट मेयर लड्ने कुरा हल्ला मात्र’



काठमाडौं ७ बैशाख  । नेपाल विधुत्त प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले आफू स्थानीय निकायको निर्वाचनमा उम्मेदवार नहुने स्पष्ट पारेका छन् । नेकपा माओवादी केन्द्रले काठमाडौंको मेयरमा उठाउने चर्चा चुलिएका बेला घिसिङले आफू मेयरको लागि उम्मेदवार नहुने स्पष्ट पारेका हुन् ।

फेसबुकमा स्टाटस लेख्दै कुलमानले आफूलाई अहिले मेयरको भन्दा ऊर्जा क्षेत्रको जिम्मेवारी ठूलो हुने बताएका छन् । उनले लेखेका छन्–‘मेरो लागि मेयरको जिम्मेवारीभन्दा ऊर्जा क्षेत्रको जिम्मेवारी ठूलो छ । म कहिँ कतै बिचलित हुने छैन ।’

माओवादी केन्द्रका केही नेताहरुले लोडसेडिङ हटाएर लाकप्रियता कामएका कुलमानलाई काठमाडौंको मेयर बनाउनुपर्ने मत राख्दै आएका छन् । त्यसैका आधारमा विभिन्न सञ्चारमाध्यमले कुलमान काठमाडौंको मेयरको दावेदार हुने समाचार सम्प्रेशित गरेका थिए ।

प्रकाशित : ७ बैशाख २०७४, बिहीबार ०८:२२