बैकिङ सेवा अवरुद्ध छैनः राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बैकिङ सेवा अवरुद्ध छैनः राष्ट्र बैंक



Nepal-Rastra-Bank_Panorama1_20111122085657काठमाडौं । गत वैशाख १२ गतेको विनासकारी भूकम्पपछि केहीदिन अवरुद्ध भएको बैंकिङ सेवा दोस्रो विनासकारी भूकम्पपछि भने अवरुद्ध नभएको नियामक निकाय राष्ट्र बैंकले जनाएको छ ।  ‘सबै बैंकहरुले सेवा सुचारु भएको जानकारी दिएका छन’ राष्ट्र बैंकका प्रवक्ता डा. मिनबहादुर श्रेष्ठले भने ।
राष्ट्र बैंक र बैंकर्स संघका पदाधीकारीहरु बीच निरन्तर सम्पर्क भइरहेको श्रेष्ठले जानकारी दिए । ‘यो विषम परिस्थितिमा ग्राहकहरु कम आउने र कर्मचारीमा त्रास भएकाले कतिपय बैंकका शाखाहरु छिट्टै बन्द भने हुन सक्छन’ उनले भने । संरचनाहरुमा मंगलबारको भूकम्पले थप क्षति पुर्याएको हुनसक्छ ।
यद्यपि सबै बैंकहरुको भएको क्षतिको एकिन विवरण आइनसकेको प्रवत्ता श्रेष्ठले जनाए । उनले भने ‘हामीले दुइहप्ता अघिनै छिटोभन्दा छिटो क्षतिको विवरण पठाउन निर्देशन दिइसकेका छौं,विवरणपूर्ण रुपमा आइसकेको छैन । ’

प्रकाशित : ३१ बैशाख २०७२, बिहीबार १३:१५