बिश्व बैंकमा नेपालको प्रशंसा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बिश्व बैंकमा नेपालको प्रशंसा



वासिंगटन डिसी ८ बैशाख ।  चालु आर्थिक बर्षमा नेपालको आर्थिक बृद्धि दर ६।५ हुने प्रक्षेपणको बिश्व बैंक र अन्तराष्टिय मुद्रा कोषको बैठकमा प्रशंसा भएको छ ।
बिहिवार संयुक्त राज्य अमेरीकाको बासिंगटन डिसीमा भएको बैठकमा कोषका कार्यकारी निर्देशक एन्डिन ह्यादियान्तोले नेपालको नामै लिएर आर्थिक बृद्धिदर उच्च भएको भन्दै नेपालका अर्थमन्त्री र बैठकमा सहभागी नेपाली टोलीलाइ बधाइ दिएका छन ।
नेपालको आर्थिक बिकासलाइ अझ तिब्र पार्न सहयोग गर्न आइडिए १८ अन्र्तगतको सहयोग दोब्बर गरिने जानकारी दिनुभयो । बिश्व बैंकले अन्तराष्टिय बिकास संस्था ९आइडिए० कार्यक्रम अन्र्तगत बिकासउन्मुख देशहरुलाइ सहयोग गर्दै आएको छ ।
यसले सन् २०१८ मा नेपालको आर्थिक बृद्धिदर उच्च पार्न सहयोग पुग्ने बैठकमा सहभागी अर्थ मन्त्रालयको अन्तराष्टिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख बैकुण्ठ अर्यालले बताए ।
सोही बैठकमा सहभागी मलेसियाका अर्थमन्त्री जोहरी अब्दुल घारी र इण्डोनेसियाका अर्थमन्त्री मुल्यानी इन्द्रावतीले नेपाल राष्ट बैंकका गर्भनर चिरञ्जिवी नेपाललाइ नेपालको आर्थिक बृद्धिदर उच्च हुने अवस्थामा रहकोमा नेपालका अर्थमन्त्रीलाइ बधाइ सुनाइदिन भनेका छन ।

प्रकाशित : ८ बैशाख २०७४, शुक्रबार ०६:२४