जेसीबीको ग्रामिण अभियान सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

जेसीबीको ग्रामिण अभियान सम्पन्न



काठमाडौं  ८ बैशाख । नेपालका लागि जेसीबी ब्रान्डका हेभि इक्विपमेन्ट तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले जेसीबीको दोस्रो ग्रामिण अभियान सम्पन्न गरेको छ । ग्रामिण क्षेत्रका बासिन्दालाई जेसीबी मेसिनको उपयोगिता र आवश्यकताबारे जानकारी दिने उद्देश्यका साथ अभियान सम्पन्न गरेको हो । एमएडब्लु अर्थमुभर्सले दुई महिनाअघि पूर्वमा भद्रपुरदेखि पश्चिममा महेन्द्रनगरसम्मको ग्रामिण अभियान सुरु गरेको थियो ।

यो अवधिमा जेसीबी इन्डियाका प्राविधिकसहितको टोलीले नेपालभर ५२ स्थानमा पुगेर जेसीबीका उत्पादन, मूल्य र यसका प्रयोगबारे जानकारी गराएको कम्पनीले जानकारी दिएको छ । अभियानका क्रममा ग्रामिण क्षेत्रमा सबैभन्दा बढी प्रयोग हुने जेसीबी २डीएक्सएल लोडर र ३ डिएक्स सुपर ब्याकहोको प्रदर्शनीसमेत गरिएको थियो ।

जेसीबीका मेसिनहरु सम्भवतः सबै प्रकारका उद्योगहरुमा प्रयोग गर्न सकिने एमएडब्लु अर्थमुभर्सका प्रमुख बजार व्यवस्थापक सञ्जिब देउजाले बताए । ‘जलविद्युत, राजमार्ग, विमानस्थल जस्ता मेगास्ट्रक्चरको निर्माण कार्यमा मात्र होइन हाम्रा मेसिनहरु पेट्रोल पम्प, पशुपालन, खेतीपाती जस्ता साना व्यवसायमा समेत प्रयोग हुन्छ, ।’

व्यवसायी र स्थानीय बासिन्दालाई जेसीबीका मेसिनहरु प्रयोग गरेर कसरी समय र पैसाको बचाउ गर्न सकिन्छ भन्ने चेतना जगाउन चाहेकोमा सफल भएको समेत उनले जानकारी दिए । स्थानीय तहबाटै विकास निर्माणको कार्यलाई प्राथमिकता दिइरहेको समयमा यस्तो मेसिनहरु हरेक गाउँ र सहरमा अपरिहार्य जस्तै भइसकेको समेत उनले जानकारी दिए ।

ग्रामिण अभियान अवधिभर जेसीबीका मेसिन किन्ने ग्राहकलाई थाइल्यान्ड भ्रमणको अवसर दिइनुका साथै स्पेयर पार्टस्मा १० प्रतिशत छुट समेत दिइएको थियो । जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा छन् ।

Attachments area

प्रकाशित : ८ बैशाख २०७४, शुक्रबार ०७:०३