ज्योति विकास बैंकको हकप्रद बैशाख २८ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ज्योति विकास बैंकको हकप्रद बैशाख २८ गते



काठमाडौं १० बैशाख ।ज्योति विकास बैंकले बैशाख २८ देखि हकप्रद सेयर बिक्री खुल्ला गर्ने भएको छ । हकप्रद सेयरको निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलका अनुसार हकप्रद सेयर बैशाख २८ मा खुल्ला भएर जेठ ३१ मा बन्द हुने छ । बैंकले अहिले कायम रहेको चुक्ता पुँजीमा सतप्रतिशत हकप्रद ल्याउन लागेको हो ।

बैशाख १३ सम्म सेयर खरिद गरेका सेयरधनीले ज्योतिको सेयर किन्न पाउने छन् ।सिदार्थ क्यापिटलका अनुसार हकप्रद सेयर ज्योति विकास बैंकका शाखा कार्यालय र सिदार्थ क्यापिटलबाट भर्न सकिने छ । बैंकले राप्ती भेरी विकास बैंकलाई पनि गाभ्ने सम्झौता गरेको छ ।

प्रकाशित : १० बैशाख २०७४, आईतवार १०:२६