गुगल विश्वकै आकर्षक रोजगारदाता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

गुगल विश्वकै आकर्षक रोजगारदाता



गुगलले भत्ता र लाभांश दिने मामिलामा ख्याति कमाएको छ । यो कम्पनीले निःशुल्क खाना र सुत्केरीका लागि १८ साताको तलबसहितको बिदाका साथै राम्रो तलब दिने गरेको छ । यही कारण विश्वभरका विद्यार्थीका लागि गुगल सर्वाधिक आकर्षक कम्पनी हुनुमा कुनै आश्चर्य मानिएको छैन ।

विश्वव्यापी अनुसन्धान र सल्लाहकार फर्म युनिभर्समले हालै विश्वकै सर्वाधिक रोजगारदाता कम्पनीको सातौं वार्षिक सूची सार्वजनिक गरेको छ । व्यवसायी र इन्जिनियर/सूचना प्रविधिका विद्यार्थीमा गरिएको सर्भेको आधारमा यो सूची सार्वजनिक गरिएको हो । यी विद्यार्थीले गुगललाई आदर्शवादी रोजगारदाता कम्पनी भएको बताएका छन् ।

युनिभर्समले गत वर्षको सेप्टेम्बदरदेखि यो वर्षको अप्रिलसम्म २ लाख ४२ हजार विद्यार्थीमाझ यो सर्भे गरेको हो । यसमा अस्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इटाली, जापान, रूस, बेलायत र अमेरिकालगायतका मुलुकहरूलाई समावेश गरेको छ ।

सर्भेले गुगल विश्वकै सर्वाधिक आकर्षक रोजगारदाता कम्पनी भएको निष्कर्ष निकालेको छ । यसमा २ छुट्टै वर्गीकरण गरिएको छ । दुवै वर्गीकरणमा गुगल उत्कृष्ट देखा परेको छ । एजेन्सी

प्रकाशित : १३ असार २०७२, आईतवार ०२:२५