नेपाल टेलिकमले ल्यायो सस्तो डाटा अफर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल टेलिकमले ल्यायो सस्तो डाटा अफर



काटमाडौँ ११ बैशाख । नेपाल टेलिकमले सस्तो डाटा अफर ल्याएको छ । कम्पनीले नाइट टाइम प्याक, अल टाइम प्याक, डे नाइट डाटा प्याक, फेसबुक डाटा प्याक र नाइट भ्वाइस प्याक अफर ल्याएको छ।

नाइट टाइम प्याक अन्तर्गत राति १० बजेदेखि बिहान ६ बजेसम्म १ हप्ताको लागि ५ सय एमबिको ४५ रुपैयाँ छ भने १५ दिनका लागि १२ सय एमबिको ९० रुपैयाँ शुल्क तोकिएको छ ।त्यस्तै एक महिने अवधिको ३०७२ एमबिलाई २ सय रुपैयाँ र एक महिने अवधिको ६६५६ एमबिलाई ३ सय रुपैयाँ शुल्क तोकिएको छ।

एक महिने अवधिको लागि अल टाइम प्याकअन्तर्गत ४ सय एमबिको १ सय रुपैयाँ ,८५० एमबिको २ सय रुपैयाँ , १५०० एमबिको ३ सय रुपैयाँ तोकिएको छ। २४ सै घण्टा यो प्याकको सेवा लिन सकिन्छ।

डे नाइट डाटा प्याकअन्तर्गत बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म चलाउन मिल्ने १ सय एमबि र राति १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन मिल्ने ५०० एमबिको सात दिने डाटा प्याक शुल्क भने १ सय रुपैयाँ रहेको छ। जुनसुकै बेला चलाउन मिल्ने ५ दिने फेसबुक डाटा प्याकअन्तर्गत १०० एमबिको २२ रुपैयाँ ६० पैसा शुल्क तोकिएको छ। राति १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन मिल्ने नाइट भ्वाइस प्याकको शुल्क २५ रुपैयाँ तोकिएको छ। जुन २५० मिनेटसम्म प्रयोग गर्न सकिनेछ।टेलिकमको यी सुविधाहरू प्रयोग गर्नका लागि ८१४१५३ डायल गर्नुपर्ने टेलिकमले जानकारी दिएको छ ।

प्रकाशित : ११ बैशाख २०७४, सोमबार ०७:२९