‘सहकारी तथा गरिबीसम्बन्धी व्यवस्थापन सूचना प्रणाली’को शुभारम्भ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

‘सहकारी तथा गरिबीसम्बन्धी व्यवस्थापन सूचना प्रणाली’को शुभारम्भ



काठमाडौँ, १२ वैशाख । सहकारी तथा गरिबी निवारण मन्त्रालयले ‘सहकारी तथा गरिबीसम्बन्धी व्यवस्थापन सूचना प्रणाली’ (कोपोमिस)को सोमबाार शुभारम्भ गरेको छ ।

नेपालको सहकारी तथा गरिबको अवस्थाबारे जानकारी राख्ने उद्देश्यले निर्माण गरिएको सो अनलाइनको शुभारम्भ गर्दै सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले २१ औँ शताब्दीमा मुलुकको विकाससँगै प्रविधिको विकास आवश्यक रहेको बताए । उनले भन्े , “यस्तो अनलाइनको प्रयोगसँगै रेकर्ड पारदर्शी र जवाफदेही हुने मैले विश्वास लिएको छु ।”

मन्त्री थानीले आन्तरिक नियन्त्रण पद्धतिलाई स्थापित गर्दै सुशासन कायम गराउन यो प्रविधिको विकासले मद्दत पुग्ने बताए ।

सांसद ओमदेवी मल्लले सहकारी क्षेत्रको सूचना, तथ्याङ्कलाई नियमित, विश्वसनीय, वास्तविक बनाउन यो प्रविधिले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्दै यो प्रविधिको विकाससँगै सहकारी तथा गरिबीको योजना बनाउँदा रेकर्ड हेरेर योजना बनाउन सकिने बताइन।

मन्त्रालयका सचिव राजेन्द्रकिशोर क्षेत्रीले सहकारी तथा गरिबीबारे सबै कुरा अनलाइनमार्फत जानकारी पाउने हुँदा यो प्रविधि फलदायी हुने विश्वास व्यक्त गर्दै यो प्रविधिलाई देशव्यापी रुपमा लैजान लागेको जानकारी दिए ।

दुई वर्ष लगाएर सफ्टेक प्रविधि फाउडेशनले बनाएको उक्त प्रविधिभित्र छुट्टाछुट्टै सहकारीले आफ्नो सहकारीका मासिक तथा वार्षिक प्रतिवेदन, निवेदन दाखिला, आन्तरिक कार्य, आर्थिक प्रतिवेदन, गरिबीको सङ्ख्यालगायत अद्यावधिक गर्ने व्यवस्था गरिएको मन्त्त्रालयका सह सचिव सुरेश प्रधानले जानकारी दिए ।

प्रकाशित : १२ बैशाख २०७४, मंगलवार ०५:२९