कोटेश्वरमा खुल्यो ‘हिमालयन फ्रेस अरबिका कफिशप’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कोटेश्वरमा खुल्यो ‘हिमालयन फ्रेस अरबिका कफिशप’



काठमाडौ १२ बैशाख । कोटेश्वरमा ‘हिमालयन फ्रेस अरबिका कफिशप’ सञ्चालनमा आएको छ । विभिन्न पेशामा आबद्ध पाँच जनाको समुहले कोटेश्वरमा आधुनिक कफिशप सञ्चालनमा ल्याएका हुन । कफिशपमा अर्गानिक कफिका साथमा विभिन्न प्रकारका ताजा बेकरीको स्वादलिन पाइनेछ ।
बढ्दो कफि कल्चरलाई मध्यनजर गर्दै बैंक, पुर्वाधार निर्माण, सामाजिक कृयाकलाप तथा पर्यटन क्षेत्रमा सक्रिय पाँचजनाको लगानीमा ‘हिमालयनफ्रेस अरबिकाकफिशप’सञ्चालनमा आएको हो । राजधानीकै उत्कृष्ट कफिशपका रुपमा विकास गर्दै अन्य क्षेत्रमा समेत शाखा विस्तार गर्ने लक्ष्य कफिशपले लिएको छ ।
कोटेश्वरको दक्षिण तर्फ प्रभु बैंकसँगै खुलेको‘ हिमालयन फ्रेस अरबिका कफिशप’ ’मा कफिका पारखीहरुले चाहे जस्तो स्वादमा विशुद्ध नेपाली अर्गानिक कफि पिउन  तथा चाहेजस्तो बेकरी आइटम खानपाउने छन् ।
बैंकिंग पेशामा डेढ दशकलामो अनुभव बटुलेका उद्धवराज थपलिया, पर्यटन पेशामा सक्रिय ध्रुवराज न्यौपाने, निर्माण क्षेत्रमा सक्रिय सागर पाण्डे, सामिाजिक अभियन्ता मनोज अर्याल लगायतको समुहले आफैंले केही नयाँ काम गर्ने लक्ष्यलिएर कफि सप सुरु गरेको हुन ।
हिमालयन फ्रेस अरेबिका कफि शप ,कफिका पारखीहरुकालागि उत्कृट गन्तव्यबन्ने विश्वास लगानीकर्ताले लिएका छन् । नेपालीशुद्ध अर्गानिक कफिलाई अन्तर्राष्ट्रिस्तरको मेसिनबाट तयार पारेर पारखीहरु समक्ष सेवादिने बन्दो बस्त कफि शपले मिलाएको छ । शान्तवाताबरणमा आधुनिक शैलीमा सजाइएको कफिशपमापुग्ने जो कोहीले पनिकफिको मज्जालिँदै आनन्द महसुस गर्न सक्नु नै कफिशपको विशेषता हो ।
अहिले कफिशपले नौ जनालाई रोजगारी प्रदानगरिरहेको छ ।
निकट भविष्यमा नै राजधानीलगायतमुलुककाविभिन्न स्थानमाशाखाबिस्तार गर्दै उल्लेख्य रोजगारी श्रृजनागर्ने लक्ष्य कफि शपले लिएको छ । कफि शपका अर्का सञ्चालकतथा सामाजिक अभियन्ता मनोज अर्याल भन्छन्, ‘जागिर खाने संस्कारबाट बाहिरिँदै अरुलाई जागिर दिने अनि व्यवशायी बन्न प्रोत्साहित गर्ने लक्ष्य लिएर हामीले यो यात्रा सुरु गरेका हौं । सबैको साथ पाएमा हामी उदाहरणीय काम गरेर देखाउँछौं ।’ निकट भविष्यमा नै कफिशपले अनलाइनबाट आफु कहाँ उपलब्ध सबै सेवाहरुको बुकिङलिने व्यवस्थागर्दैछ ।

प्रकाशित : १२ बैशाख २०७४, मंगलवार ०६:१६