नेप्सेमा ७ दशमलव ६२ अंकको वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेप्सेमा ७ दशमलव ६२ अंकको वृद्धि



काठमाडौं । साताको पहिलो दिन नेप्सेमा ७ दसमलव ६२ अंकको वृद्धि भई ९ सय ३८ अंकमा बजार बन्द भएको छ । आज कारोबार रकममा पनि गत बिहिबारको कारोबार रकमको तुलनामा करिब १५ ले वृद्धि भई ३८ करोड ९१ लाख ८० रुपैया बराबरको कारोबार भएको छ । ’क’ बर्गका कम्पनीहरुको इन्डेक्स सेन्सिटिभ इन्डेक्स पनि आज १ दशमलव २२ अंकको वृद्धि संगै २ सय दसमलव २२ अंक पुगेको छ ।

आज कुल १ सय २८ कम्पनीका १ हजार ९ सय ५७ कारोबार बाट १० लाख २५ हजार ३ सय १ कित्ता शेयर किनबेच भएका छन् । कारोबार भएका उपसमूह मध्ये १ सय ३० दसमलव शुन्य ४ अंकको वृद्धि संगै आज बिमा समूह सबै भन्दा धेरै बढेको छ । उत्पादनमुलक समूहमा कुनै परिवर्तन देखिएको छैन भने कारोबार भएका बाँकी सबै समूह बढेका छन् ।

आज कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड को सबै भन्दा बढी करिब ३ करोड ८८ लाख ४६ हजार रुपैया बराबरको कारोबार गरेको छ भने चिलिमे हाईड्रोपावर कम्पनी लिमिटेड, नेपाल इन्भेस्टमेन्ट बैंकको प्रोमोटर शेयर तथा एनसीसी बैंकले ३ करोड रुपैया भन्दा माथिको  कारोबार गरेका छन् ।

एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेड, लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताहरुले सबै भन्दा बढी कमाएका छन् भने इन्टरनेशनल लिजिंग एण्ड फाईनान्स कम्पनी लिमिटेड, कन्काई विकास बैंक लिमिटेड, लुम्बिनी जेनेरल इन्स्योरेन्स कम्पनी लिमिटेड तथा ज्योति विकास बैंक लिमिटेडका लगानीकर्ताले बढी गुमाएका छन् ।

त्यसै गरि आजै सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो आउदो असार ३० गते हुने वार्षिक साधारण सभाको लागि मिति २०७२ असार १६ गते देखि २०७२ असार ३० गते सम्मको लागि खाता बन्द रहने नेप्सेमा जानकारी गराएको छ ।

प्रकाशित : १३ असार २०७२, आईतवार १०:५६