सिभिल बैंकले बोलायो किन साधारणसभा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिभिल बैंकले बोलायो किन साधारणसभा ?



काठमाडौं, १३ वैशाख । सिभिल बैंक लिमिटेड (Civil Bank Ltd) ले आगामी जेठ ४ गतेका लागि छैठौं साधारणसभा बोलाएको छ । बैंकले आफ्नो साधारणसभा प्रज्ञा भवन कमलादी काठमाडौंमा गर्ने भएको छ ।

साधारणसभामा बैंक (CBL) ले गत आर्थिक वर्षको मुनाफाबाट २ दशमलव ८८ प्रतिशत बोनस शेयर दिने प्रस्ताव लैजांदैछ । त्यस्तै बैंकले कर प्रयोजनका लागि शुन्य दशमलव १५१६ प्रतिशत नगद लाभांश पनि दिने भएको छ ।

युनिक फाइनान्स र हामा मर्चेन्टलाई एक्वाएर गर्ने प्रक्रियामा रहको बैंकले यी दुई संस्था खरिदका लागि स्वाप रेसियो पनि तय गरिसकेको छ । १०० कित्ता सिभिल बैंकको शेयर बराबर युनिकको ९० कित्ता र सिभिलको १०० कित्ता शेयर बराबर हामा मर्चेन्टको ८९ कित्ता शेयर हुने गरी स्वाप रेसियो तय भइसकेको छ । उक्त प्रस्ताव साधारणसभाबाट पारित हुन भने बाँकी रहेको छ।

त्यस्तै बैंकले बोनसपछि १० बराबर ३ अर्थात ३० प्रतिशत हकप्रद शेयर पनि निष्काशन गर्ने भएको छ ।

साधारणसभा प्रयोजनका लागि बैंकको वैशाख २१ देखि जेठ ४ गतेसम्म शेयरधन िपुस्तिका बन्द हुने भएको छ । बैंकको साधारणसभा भाग लिन र बोनस सुरिक्षत गर्त लगानीकर्ताले वैशाख २० गतेसम्म शेयर खरिद गर्नुपर्ने छ ।

प्रकाशित : १३ बैशाख २०७४, बुधबार ०७:०७