एउटा भाषणको ४ लाख डलर शुल्क लिने ओबामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एउटा भाषणको ४ लाख डलर शुल्क लिने ओबामा



एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले वाल स्ट्रिट बैंकमा एउटा भाषण गर्न ४ लाख डलर शुल्क लिन सहमति जनाएकोमा व्यापक आलोचना भएको छ । अमेरिकाका ४४ औं राष्ट्रपति रहिसकेका ओबामाले आगामी सेप्टेम्बरमा हेल्थ केयर सम्मेलनमा सम्बोधन गर्ने प्रस्ताव स्वीकार गरेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ओबामाले ह्वाइट हाउस छाडेको सय दिन भन्दा कम समयमा यो स–शुल्क सम्बोधनमा सहमति जनाएका थिए । ओबामाले सम्बोधन बापत लिन लागेको शुल्क सन् २०१५ मा हिलारी क्लिन्टनले तीन वटा भाषणका लागि लिएको शुल्क भन्दा दोब्बर सरह हो ।

वाल स्ट्रिटले सन् २००१ को सेप्टेम्बर ११ मा वल्र्ड ट्रेड सेन्टरमा भएको आक्रमणमा आफ्ना दुई तिहाई कर्मचारी गुमाएको थियो । आफ्नो दुई वर्षे कार्यकालमा ओबामाको वित्तीय क्षेत्रसँग तनावपूर्ण सम्बन्ध थियो । उनले सन् २००८ को वित्तीय संकटमा वाल स्ट्रिटको पनि संलग्नता रहेको आरोप लगाएका थिए ।

प्रकाशित : १३ बैशाख २०७४, बुधबार ०७:५५