ओम र नम्रता प्रेम रसमा भुले पछि…(भिडियो) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ओम र नम्रता प्रेम रसमा भुले पछि…(भिडियो)



काठमाडौं । प्रेममा परेपछि युवा युवतीमा प्रेमका मुना पलाउन सुरु हुन्छ । यो बीचमा चाहना पनि अनेक निस्किन्छन् । प्रेम र त्यो पछीको परिस्थितीलाई समेटेर गीतकार बलराम न्यौपानेले लेखेको मनछुने गीत रिलिज भएको छ ।

विगत ५ बर्षदेखि गीत लेखनमा सक्रिय गीतकार न्यौपानाले डेढ दर्जन गीत लेखिसकेको बताउँछन् । गायिका अञ्जु पन्तको आवाजमा समावेश ‘धर्ती फाटोस् आकाश झरोस्’ बोलको गीतमा  माथी उल्लेख भए अनुसारको प्रेम भाव भेट्न सकिन्छ । गीतकार बलरामले आफूले पैसा कमाउन भन्दा पनि मनमा उब्जेका भावनालाई गीत मार्फत उतारेको बताए । गीत लेखेर पैसा कमाउने धुनमा आफू नलागेको उनको तर्क छ ।

दीपक शर्माको संगीत रहेको गीतको भिडियोमा मोडल द्वय ओम क्षेत्री र नम्रता सापकोटा प्रेम रसमा भुल्दै गरेको देखीन्छ । गीतको भिडियोलाई बाबुराजा केसीले निर्देशन गरेका हुन् ।

प्रकाशित : १३ असार २०७२, आईतवार १०:०४